कोरला जान खोजेका विदेशी टोली नेचुङबाटै फर्किए

आदर्श अनलाइन, जोमसोम
चिनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको मुस्ताङको उत्तरी कोरलानाका जान खोजेका विदेशी टोली सुरक्षाकर्मीले रोकेपछि नेचुङबाटै फर्किएका छन् ।

  शनिबार लोमान्थाङबाट त्यसतर्फ प्रस्थान गरेका ४ जना विदेशीसहित करिव एक दर्जन नेपाली टोली सुरक्षाकर्मीले रोकेपछि नेचुङबाटै फर्किएका हुन् ।नेपालका लागि अमेरिकन दुतावासको ४ जना विदेशीसहित नेपाली टोलीलाई केही दिन अघि उपल्लो मुस्ताङको भ्रमण गर्न त्यहाँ पुगेका थिए ।

काठमान्डौंबाट गत मंगलबार ४ वटा सवारी साधन लिएर मुस्ताङको जोमसोम आएर मोक्ष रिसोर्टमा बसेको थियो । त्यसपछि उनीहरु उपल्लो मुस्ताङ पुगेका थिए । नेपाल सरकार अध्यागमन विभागबाट ५ सय डलर रोयल्टी तिरेर ट्रेकिङ अनुमती लिई अमेरिकन दुतावासको टोली उपल्लो मुस्ताङ पुगेको श्रोतले जनाएको छ । उपल्लो मुस्ताङ भ्रमणका लागि मुस्ताङ आउने अमेरिकन टोलीमा रोवर्ट डोग्लास,अलेक्जेन्डर व्रेट, सिरेगर फिलिन र क्यामाईल सराम छन् ।

उनीहरुको साथमा नेपाली सहजकर्ता र पथ प्रर्दशक गाईड छन् । अमेरिकन विदेशी टोलीको उपल्लो मुस्ताङको भ्रमणका बिषयमा टोलीका सहजकर्तालाई भ्रमणको उद्देश्य सम्वन्धि जानकारी लिन पटक÷पटक फोन सम्पर्क गर्ने प्रयास गरेपनि फोन उठेन । उनीहरु कोरलानाका नपुगी छोसेरको नेचुङबाट फर्किएर आईबार दिउँसो पुन जोमसोमको मोक्ष रिसोर्टमा बस्न पुगेका छन् ।

 कोरना कहर र जिल्लाका अन्य समस्या बुझ्न अमेरिकन टोली मुस्ताङ आएको बताईएको छ । यसबारेमा मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्मा समक्ष उनीहरुले जानकारी माग गरेका थिए । तर प्रजिअ शर्माले मुस्ताङमा कुनै समस्या नरहेको उनीहरुलाई बताएका थिए ।

उपल्लो मुस्ताङ राष्ट्रिय प्रकृति संरक्षण कोष ,अन्नपूर्ण सरक्षण आयोजना अन्तर्गत निषेधित र नियन्त्रित क्षेत्र पर्दछ । उपल्लो मुस्ताङ जाने पर्यटकले विभागबाट ५ सय डलर रोयल्टी बुझाएर अनुमती लिएपनि लोमान्थाङको नेचुङ देखि माथि सीमावर्ती क्षेत्रमा पाउँदैन ।नेचुङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा विओपी क्याम्प छ । मुस्ताङका प्रजिअ शर्माले नेपाल एक चिन नीतिप्रति प्रतिवद्ध रहेकाले नेपाली भूमी प्रयोग गरी सीमाक्षेत्र जान नपाईने जानकारी दिए । उनले कोरलानाका जान खोजेका विदेशी टोलीलाई माथि जान रोक लगाएको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *