एमाले पाँच एजेण्डा बोकेर चुनावमा, गठबन्धनको घ्याम्पो हल्लियो : उपमहासचिव ज्ञवाली

आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नेकपा एमाले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बाताउनुभएको छ । उहाँले एमालेको शक्ति देखेर गठबन्धमा दल थप्ने कार्य भइरहेको भन्दै अहिले एमालेका कारण गठबन्धको घ्याम्पो हल्लिएको टिप्पणी समेत गर्नुभयो ।

उहाँले अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकरात्मक भएको भन्दै नेकपा एमाले पाँच वटा रणनैतिक योजनाका साथ जनतासामु जान लागेको बताउनुभयो । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका नेता ज्ञवालीले परराष्ट्र नीति, नागरिकता विधेयक, एसपीपि, आर्थिक संकट तथा भष्ट्राचारको विषयमा जनतालाई प्रष्ट पार्दै समृद्धिको लागि योजना बनाएर चुनावमा जान तयार भएको बताउनुभयो ।

अहिलेको गठबन्धन सरकारले गरेका विवादस्पद कुराहरुलाई हामीले जनतालाई बुझाएर आर्थिक समृद्धिको योजना अघि सार्दै जनताकोमा जान थालेको नेता ज्ञवालीको भनाई छ ।

“हामीले खलबलिएको परराष्ट्र नीति, नागरिकता विधेयक, एसपीपि र अहिलेको आर्थिक संकट आउनुपर्ने कारण र गठबन्धको जिम्मवारीका विषयलाई जनतासामु समाधानका उपाय सहित लानेछौं” नेता ज्ञवालीले भन्नुभयो “आर्थिक वृद्धिदर गर्ने र अहिलेको संकट टार्ने हाम्रो योजना छ, देशलाई समृद्धि तर्फ लैजानेगरी हामीले जनता सामु एजेण्डा प्रस्तुत गर्नेछौं, हामीलाई विश्वास छ आगमी निर्वाचनमा एमाले देशकै ठूलो दल बन्नेछ ।”

उहाँले एमालेका विरुद्ध पाँच दल ठराएर अझै अन्य दल थपेर गठबन्धन गर्ने योजनाले नेकपा एमालेको क्षमता प्रष्ट भएको बताउनुभयो । उहाँले दलीय नीति तथा बिचारलाई त्यागेर सत्ताका लागि गरिने गठबन्धनको औचित्य नरहेको बताउनुभयो ।

उहाँले सिसिटिभि फुटेज छानविन समितिमा एमालेलाई बहुमतको आधारमा लत्याएर निश्कर्ष निकालेको आरोप लगाउनुभयो । उहाँले अहिलेको अर्थतन्त्र सुधार गर्नका लागि पूँजीगत खर्च बढाउने, चुहावट रोक्ने र करका दायरा नियन्त्रण गर्ने लगायतका काम गर्नुपर्ने बताउनुभयो । नेता ज्ञवालीले पार्टी फुटाउन सहयोग गर्ने नेतालाई दुई महिना भएपनि मन्त्री बनाउने होडमा अहिलेको गठबन्धको सरकार रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *