प्रेस सेन्टर नेपाल बागलुङले स्मारिका प्रकाशन गर्ने

आदर्श अनलाइन, बागलुङ
प्रेस सेन्टर नेपाल बागलुङले स्मारिका प्रकाशन गर्ने भएको छ । सेन्टरले जिल्लामा शाखा स्थापना भएपछि हालसम्म गरेका प्रगति विवरणहरु समेटेर स्मारिका प्रकाशन गर्ने निर्णय गरेको प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।

सेन्टरको बुधबार बागलुङमा सम्पन्न बैठकले संगठनको कार्य सम्पादन सहज र व्यवस्थित बनाउन सदरमुकाम बागलुङ बजारमा सेन्टरको शाखा कार्यालय स्थापना गर्ने निर्णय गरेको अध्यक्ष थापाले बताउनुभयो ।

संगठनको गत वर्ष कात्तिकमा सम्पन्न ५ औं जिल्ला सम्मेलनमा घोषणा भएको १÷१ लाख अक्षकोषको पुरस्कार रकमलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने र संगठनको आगामी साधारण सभा वा स्थापना दिवसमा जिल्लामा क्रियाशील २ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरिएको उपाध्यक्ष सज्जन कुमार सिंहले जानकारी दिनुभयो ।

उहाँले पत्रकारिताको विकास र स्तरवृद्वि गर्ने उद्देश्यले जिल्ला स्थित पालिकाहरुसँगको समन्वयमा छिट्टै पत्रकारिता तालिम सञ्चालन गरिने बताउनभयो । सेन्टरमा आवद्व पत्रकारहरुलाई प्रशिक्षण, गोष्ठी सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाई छ ।

प्रेस सेन्टर नेपाल बागलुङको विभिन्न जिम्मेवारीमा रहेका राजु खडका बागलुङ नगरपालिकाको नगर उप्रमुख, राज बहादुर थापा गलकोट नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्ष, कृष्ण सापकोटा बागलुङ नगरपालिका वडा नम्बर ६ को वडा सदस्य र गंगा चोखाल गलकोट नगरपालिका वडा नम्बर ६ को वडा सदस्यमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएकोमा संगठनले बधाई ज्ञापन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *