बागलुङ महोत्सवको अवधि एक दिन थप, आज समापन पनि बिशेष

तस्बिरः राम अविरल
आदर्श अनलाइन, बागलुङ

बागलुङमा आइतवार सकिने भनिएको महोत्सव एक दिन थप गरिएको छ ।

गत पुस ११ देखि २० गते सम्म आयोजित बागलुङ महोत्सव तथा गण्डकी प्रदेश स्तरिय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला बर्षाका कारण एक दिन लम्बिएको हो ।

शुक्रबार दिनभर परेको बर्षाका कारण कुनै पनि कार्यक्रम हुन सकेको थिएन । जसका कारण सोमवार महोत्सवको अवधि थप गरिएको बागलुङ उद्योग बाणिज्य सघंका महासचिव नरेश कंडेलले जानकारी दिनुभयो । दोहोरीगित प्रतियोगिता भने आइतवार सकिएको छ । दोहोरीमा होटल कोरियाना प्रथम र गोल्डेन गेट एजुकेशनल प्रालि बागलुङ दोस्रो भएको छ ।

महोत्सवको अन्तिम दिन सोमवार खुल्ला पुरुष भलिबलको फाइनल र तृतिय स्थानका लागि प्रतिस्पर्धा हुनेछ भने कलाकार चन्द्र शर्मा, कृष्ण अखेली, सरस्वति लामिछाने, हाँस्य कलाकार राजु मास्टर, बल्छी धुव्रेको बिशेष प्रहसन समेत रहनेछ ।

समापन समारोह गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको बिशेष उपस्थितिमा सम्पन्न हुने बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो । उद्घाटनको पूर्व सन्ध्यामा बिशेष लगानी बहस गरेर शुरु गरिएको महोत्सव सामान्यतः औपचारिकतामो समापन कार्यक्रम सक्ने प्रचलन भए पनि यस पटक समापन कार्यक्रमका दिन भ्रमण बर्ष घोषणालाई समेत ध्यानमा राखेर पर्यटन मन्त्रीको उपस्थितिमा बिशेष कार्यक्रम सहित गरिने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *