निसीखोलामा दोस्रो खुल्ला तेक्वान्दो च्याम्पियनसिप हुने

राम सुवेदी, बुर्तिबाङ

बागलुङको निसीखोला गाउँपालिकाको जुग्जाखोलामा दोस्रो खुल्ला आमन्त्रण तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ ।

स्थानीय गोल्डेन फ्युचर आइटिएफ तेक्वान्दो डोजाङको आयोजना, गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो एशोसियसनको सह–आयोजना र अन्र्तराष्ट्रिय तेक्वान्दो महासंघको संरक्षणमा कार्यक्रम हुने मूल आयोजक समितिका संयोजक अभिषेक छन्त्यालले जानाकारी दिनुभयो ।

च्याम्पियनसिपमा देशभरबाट आइटिएफ तेक्वान्दोका खेलाडीहरुको सहभागीता रहनेछ । यही पुुस २६,२७ र २८ गते निसीखोलाको जुग्जाखोलामा कार्यक्रम आयोजना गरिएको संयोजक छन्त्यालले बताउनुभयो । आइटिएफ खेल विश्वमा प्रख्यात भएको र ग्रामिण स्तरमा समेत अघिल्लो बर्षबाट खुल्ला आमन्त्रण प्रतियोगिताको आयोजना भएकोमा यस वर्षपनि निरन्तरता दिइएको हो ।

प्रतियोगिता तर्फ स्पेशल फ्रि स्पाइरिङ, पुरुष तर्फको २० देखि ६० केजी तौल समुह, ४५ देखि ६० केजी तौल समुहमा प्रतिस्पर्धा हुनेछ भने महिला तर्फ २० देखि ५५ केजी तौल समुह र ४० देखि ५५ केजी तौल समुहबीच प्रतिस्पर्धा हुने कार्यक्रम निर्देशक अशोक छन्त्यालले जानकारी दिनुभयो । यस्तै प्रत्येक डोजाङका तर्फबाट ग्रुप प्याटन कल बेल्टको प्रस्तुति समेत रहनेछ ।

मार्सल आर्टको व्यवसायिकता, नीजि उद्यामीलाई खेल क्षेत्रमा लगानी गर्न उत्साहित गर्न, तेक्वान्दोको विकास र प्रवद्र्धन गर्न, खेलकुदका माध्यमबाट ग्रामीण क्षेत्रका युवा युवतिलाई प्रोत्साहन गर्न यसखालको कार्यक्रम महत्वपूर्ण हुने, कार्यक्रमका प्रचार संयोजक विरबहादुर बुढाथोकीले बताउनुभयो । प्रतियोगिताको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *