बागलुङमा अन्तर कलेज स्तरीय फुटसल प्रतियोगिता शुरु

आदर्श अनलाइन, बागलुङ
बागलुङमै प्रथम पटक अन्तर कलेज स्तरीय फुटसल प्रतियोगिता शुरु भएको छ । पावर फिटनेस क्लब तथा हाईकर्स युनाईटेड बागलुङको संयुक्त आयोजनामा प्रतियोगिताको पहिलो दिनको खेल समापन भएको छ ।

उक्त प्रतियोगिताको लागि १६ विद्मालयको सहभागीतामा प्रतियोगिता संचालन भईरहेको हाईकर्स युनाईटेड बागलुङका कार्यक्रम संयोजक प्रवेश शर्माले जानकारी दिनुभयोे । खेलमा सहभागि विद्मालयका १२ कक्षा भित्रका विद्मार्थीहरुको सहभागिता रहेको पावर फिटनेस क्लबका बरदान थापाले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले खेल जीवनमा आवश्यकका साथसाथै स्वस्थ रहने उपाय रहेको बताउनुभयो । सापकोटाले विद्यार्थीले शिक्षा र खेलमा उत्तिकै योगदान पु¥याउन आव्हान गर्नुभयो ।

कार्यक्रममा रस आवर फुटसलका संचालक शिव खड्का, बागलुङ नगरपालिकाका अधिकृत छैंठौ प्रेमप्रसाद शर्मा, उक्त प्रतियोगिताका निर्णायक धिरन पुन, सम्पन्न अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटन समारोह पावर फिटनेस क्लबका अध्यक्ष विकास थापाको अध्यक्षता, हाईकर्स युनाईटेड बागलुङका रोहन जि.सीको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगिताको पहिलो चरणको खेल बिहिबार सम्पन्न भएको छ । क्वाटर,सेमिफाइनल र फाइनल खेल शुक्रबार र शनिबार हुने हाईकर्स युनाईटेड बागलुङका प्रदिप गिरीले जानकारी दिनुभयो । विद्मार्थीहरु पढाईका साथसाथै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा सक्रिय बन्न

प्रेरणा बनोस् भनि प्रतियोगिताको आयोजना गरिएको पावर फिटनेस क्लबका विविध थापाले जानकारी दिनुभयो । प्रतियोगिताको विजेता टोलीले २० हजार, मेडल, ट्रफी र प्रमाण पत्र र दोस्रो टोलीले १२ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने हाईकर्स युनाईटेड बागलुङका सन्तोष जि.सीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *