ओलीले हिन्दुराष्ट्र बनाउने नियतले पटक–पटक संसद भंग गरेपछि गठबन्धनको सुरुवात जनमोर्चाले गरेको हो–चित्रबहादुर केसी

डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले तत्कालीन प्रधानमन्त्री केपी ओलीले मुलुकलाई हिन्दुराष्ट्र बनाउने नियतले पटक–पटक संसद भंग गरेपछि राष्ट्रिय जनमोर्चाले नै गठबन्धनको सुरुवात गरेको केसीले बताउनु भएको छ ।

शुक्रबार बागलुङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले गणतन्त्र, धर्मनिपेक्षता नै मास्ने गरी विदेशी शक्तिको आडमा प्रतिगमन भएपछि त्यसलाई जोगाउन गठबन्धन गरिएको बताउनुभयो । ‘तपाईहरुलाई अचम्म लाग्ला यो गठबन्धनको सुरुवातकर्ता हामी नै हौं, हामीले पहिलो पटक विज्ञप्ती निकालेर सबै दललाई आह्वान ग¥यौं,’ केसी भन्नुभयो ‘पहिले काँग्रेसहरुले पत्याएनन् ।

काँग्रेससंग थुपै्र विमतिहरु हुँदा हुँदै पनि गणतन्त्र र धर्मनिरपेक्षता जोगाउने सवालमा गठबन्धन जारी रहेको र आगामी निर्वाचनमा पनि गठबन्धन नै गरेर जाने केसीले बताउनुभयो । ‘गठबन्धनले विगतमा पनि प्रतिक्रियावादी र प्रतिगमनकारीहरुलाई ड्यास दिएको छ,’ उहाँले भन्नुभयो ‘छिमेकी मुलुकले यहाँ हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर लागेको छ । केही दल नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा लागेका छन् । अहिले पनि गठबन्धनको औचित्य सकिएको छैन ।’

अध्यक्ष केसीले दलहरुबीच गठबन्धन गरेरै निर्वाचनमा जाँदा पनि आफ्नो एजेन्डा नछोड्ने दाबी गर्नुभयो । ‘संघीयताका खारेजी र गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताका रक्षा हाम्रो मूल मुद्दा हो,’ उहाँले भन्नुभयो ‘हामी चुनाव जित्ने बहानामा आफ्ना मुद्दा छोड्दैनौं, हिजो पनि राष्ट्रिय जनमोर्चा एक्लै लडेको हो, अहिले पनि एक्लै लड्न तयार छौं, एक्ला एक्लै जाँदा प्रतिगमन पञ्चायती व्यवस्था र ज्ञानेन्द्रको शाही कदम भन्दा शक्तिशाली हुने भएकाले कार्यगत एकता भएको हो ।’

एमसीसी, नागरिकता विद्येयकमा आफ्नो पार्टीको पाँच दलमा विमती भए पनि गठबन्धन अहिलेको आवश्यकता भएको उहाँको भनाई छ । ‘गठबन्धनमा तपाईँहरुको कुरा मिल्दैन किन बस्नुहुन्छ भन्ने कुरा पनि आएका छन् । सबै कुरा मिले त पार्टी नै एउटै भैहाल्यो नि, मिल्ने कुराहरुमा गठबन्धन हुने र मुलुक जोगाउने कुरामा गठबन्धन भैरहेको छ,’ केसीले भन्नुभयो । अंगिकृत नागरिकका सन्तानलाई पनि वंशजको आधारमा नागरिकता राष्ट्रियता नै खतरामा पर्ने भएकाले यसको राजमोले विरोध गरेको केसीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *