राम सुवेदी
समाजको चरित्रले नीति, निष्ठा र नैतिकता भुल्न थालेको हो कि भन्ने प्रश्न गरिरहेको छ । खासगरि, सामाजिक र राजनैतिक पथमा जोडिएकाहरु जो समाजलाई रुपान्तरणको जगबाट उठेको मानिन्छ । उनीहरुको गतिविधि कहींन कहीं पद, प्रतिष्ठासँग मूल्यहिन ढंगले साटिरहेको देखिन्छ । कतिपयले द्रव्यदृष्टिका आँखाले समेत आफ्नो ठोस निष्ठानै दाउमा राख्ने प्रवृत्ति हावी भएर गएको छ । समाजका तिनै पात्रहरु एकाथरि बद्नियत पहिल्यैदेखि थिए । उनीहरुभन्दा असल, फरक र पृथक भनि विश्वास गरिएकाहरु वा त्यो बाटो समातेकाहरु कालन्तरमा आएर विग्रनु, भत्किनु वा गति अन्यत्रै मोड्नु सामाजिक न्यायका दृष्टिले नीति, निष्ठा र नैतिकता बिगारेकै ठहरिन्छ ।
राजनैतिक दृष्टिकोणबाट नीतिको ठूलो अर्थ राख्दछ । जो जनजीवनसँग जोडिएको सवाल हुन्छ । जनजीवनको अवस्था परिवर्तन गर्न नीतिले राजनैतिक माने राख्दछ । त्यसका अगुवा अर्थात नेता, नेतृत्वले त्यही नीति अनुसारको जीवनशैली आचरण र चरित्र बनाएका हुन्छन् । हुनलाई व्यक्तिगत भएपनि, नीतिको पथप्रदर्शक व्यक्तित्वको चरित्रसाँग निष्ठा जोडिएको हुन्छ । उसको कार्यव्यवहारसँग नैतिकता । विशेषगरी नेतृत्व वर्गको संस्कार, संस्कृति, मनोविज्ञान, नीति, निष्ठा, नियत र आचरणलाई सामाजिकीकरण गर्नुपर्नेमा त्यसको उल्टो व्यत्तिवादी निर्णय, विचारहुँदै शैद्धान्तिक हिसावले समेत नीतिप्रति व्यवभिचार प्रकट हुनु, व्यत्ति सामाजिकीकरण नहुनु नीतिको मात्र बर्खिलाप भएन । त्यसले निष्ठा र नैतिकता समेत दाउमा राखेर व्यवहार गर्यो भन्ने बुझिन्छ ।
समयकालसँग समाज बदलिनु स्वभाविक हुन्छ । परिवर्तन भनेको समाजका नेता र नेतृत्वको कर्म व्यवहारले ल्याएको बद्लाव एकातर्फ रहन्छ भने नियमित परिवर्तन जो समयचक्रले आफैपनि भइरहेको उनीहरुको कर्मले सामाजिक न्याय दिन सकेन । समाजलाई नीति, निष्ठा र नैतिकतासँग जोडेन । राजनेतालाई वाहा ! भन्ने कर्म भेटिएन । एकपाटे कार्यकर्ताले वाहाई गरिदिएपनि आम नागरिकले त्यो नेता स्वीकार गर्न नसक्नु भनेको जनभावना अनुसारको कर्म राजनेताले गरेनन् । देशको नेतृत्व गर्ने नेताहरुमा निष्ठापूर्ण त्याग, तपस्या र निःस्वार्थ बलिदान आवश्यक पर्छ, जुन विश्व इतिहासको यथार्थ हो । हाम्रो आजको राजनीतिक, बौद्धिक, सांस्कृतिक र नागरिक नेतृत्वमा यसको खडेरी छ । जो गल्ती भने भन्ने त उनीहरुमा छैन । आलोचकहरु समेत तगारो हुन भन्ने सोंच छ । जस्ले भत्केको बाटो नहिड्न भन्नेहुन, त्यतै भासिए भन्नु केही छैन ।
यो निर्विकल्प सत्य हो, कि आम श्रमिक जनता समाज परिवर्तनको अगुवा शक्ति हो । यहाँ नेताले भनेर, कार्यकर्ताले सडकमा नारावाजी गरेर समृद्धिको बाटो समातिनेवाला छैन । देशका नागरिकलाई श्रममा जोडेर आफ्नो देश बनाउने नीति बन्दैन र कार्यकर्ता पाल्ने ठेकेदारहरु राजनैतिक दल र देशको ढुकुटिखाने त्यसका कार्यकर्ता हुन्छन् भने मान्नुस, विकल्प त्यो दल र त्यस्तो मानसिकता बोकेको कार्यकर्ताको पनि खोज्नुपर्नेछ । नेता र नेतृत्व आफै बदनाम भएको होईन । पहिलो उसको नीति र दोस्रो उसका कार्यकर्ताले विगारेको देश हो । काँग्रेस, एमाले र माओवादी लगायतका देशका राजनैतिक दल र त्यसका कार्यकर्ता देश बनाउने श्रममा छैनन् । किन भने नीतिगत रुपमा ति पार्टिका योजनामा श्रम पर्दैन र छैन । देश बन्द गराउन, जुलुस आन्दोलनमा हजारौं कार्यकर्ता सडकमा देखिन्छन् । देशको बजेटले बनाएको सडक भत्काउँछन् । तर उनीहरु एकदिन विग्रेका सडक बनाउँदैनन् । जुन देशमा श्रम–संस्कृति रहन्छ त्यो देश बल्ल निर्माण हुन्छ । देशमा आर्थिक टाटपल्टाई भइरहेको आजका नेतालाई थगाहा छ र तिनका कार्यकर्तालाई पनि थाहा छ । तर त्यो अन्देखा यसै गरिएको होईन । आफैले रित्तोपारेको भाँडो सत्ता बाहिर हुँदा यिनै दलहरुले ठटाईरहन्छन् । चेत नभएका कार्यकर्ता त्यही तालमा नाचिरहन्छन् ।
समाजको वर्तमान अवस्था अब नीतिहिन आस्थाले मात्र परिवर्तन सम्भव छैन । नेताको निष्ठा र नैतिकता गतिलो नभएसमम समाजले उनीहरुलाई पत्याँदैन । समाजबाटै नपत्याउने भएपछि अनैतिकहरु मिल्छन् । साँठगाँठ र गठबन्धन गरेर सत्ता हत्याउनेभन्दा अरु खेल राजनीतिमा देखिएन । त्यसका विरुद्ध समाजका विद्ध्त वर्ग अव चुपलागेर बस्नु हुँदैन् । चेतनाको जागरण यो देशका वौद्धिक वर्गबाट सुरु गर्ने समय भएको छ । यो काम समाजका अग्रगामी राजनीतिक, बौद्धिक तथा वैचारिक र सांस्कृतिक नेतृत्वको संयुक्त शक्तिले मात्र गर्न सक्छ । नेतृत्व नैतिक रूपमा पतीत, चारित्रिक रूपमा भ्रष्ट हुन्छ र कथनी र करनीमा दोहोरो चरित्र लिएको छद्मभेषी वञ्चक हुन्छ, तब यो देशमा श्रमिक वर्गलाई सधैं धोका हुन्छ । समाज क्रान्तिकारी परिवर्तनको बाटो होइन, पतनको बाटो लिन पुग्छ । नीति, निष्ठा र नैतिकतामा नबाँधिएको नेतृत्वले न देशमा मानवीय श्रम संस्कार जन्माउन सक्छ न समतामूलक न्यायिक समाज नै निर्माण गर्न सक्छ । समाजवाद त निकै परको कुरा हो । यस अवस्थामा चिन्ताले होईन चिन्तनले काम गर्नु आवश्क हुन्छ ।
हामीले जनसार्वभौमिकता, समृद्धि र समानता, शोषण र विभेद अन्त्य गरी न्यायिक समानताका लागि विभिन्न चरणमा बलिदानपूर्ण आन्दोलन गरी जहानिया राणा राजदेखि शाहवंशको राज समाप्त गरी संघीय गणतन्त्र स्थापना र्गयौँ । संघीय लोकतान्त्रिक गणतन्त्रका दस वर्ष पनि राजनीतिक लुछाचुँडी, अस्थिरता, राजनीतिक भ्रष्टाचार, प्रशासनिक अराजकताको अवस्थामा बिते । साँगगाँड र मिलेभगतका कहिले कम्युनिष्ट भन्नेहरुको हातमा त कहिले काँग्रेस कम्युनिष्टहरुको हातमा देश थामियो । अवस्था सुध्रिएन । अझ गम्भीर बनेर गयो । फेरि यिनै जस्ले भत्कायो, विगार्यो उसैले जनमतलाई ब्याकमेलिङ गर्न अनैतिक गठजोड गर्ने रे । आफ्नै नीतिमा नटिक्ने, नैतिक धरातलमा नअडिने र निष्ठाको व्यापार गर्ने घटिया चरित्रको राजनैतिक संस्कारलाई यो देशका सचेत मान्छेहरुले चूनौति दिन सक्नुपर्दछ । ठाउँठाउँमा बोल्नु पर्छ । बनाउन अव आमी छौं भनेर जहाँ हो त्यहींबाट उठ्नु जाग्नु पर्दछ । देश निर्माणको अगुवाई नीति, निष्ठा र नैतकवानहरुले लिनैपर्दछ ।
हिजो विगार्नेहरुलाई सम्भलन जरुरी छैन । चाहे त्यो गलत हिसावले होस वा आलोचनात्मक हिसावले, अवको बाटो भोली गतिलो के गर्ने योजना सहितको चिन्तन आवश्यक छ । एक रातमा परिवर्तन हुँदैन, यो सत्य हो । तर भन्ने गरिन्छ– राम्रो थालनी आधा काम भएजत्तिकै हुन्छ । नयाँ नेपाल निर्माणको वाचासहित सत्तामा पुगेको सरकारका प्रारम्भिक कदमले सरकारको त्यस अनुरूपको चरित्र, निष्ठा, अठोट, वर्गीय संलग्नता र नीतिको झलक दिँदैन । यो थाहा पाएपनि अवको नीति त्यस अनुसारको बनाउनु पर्दछ । यो देशका भ्रष्टाचारी, तस्कर, दलालपुँजीपति, कालाबजारीया शक्ति तथा सञ्चालित गैरसरकारी संस्थाको बर्कोभित्र हुने कुकर्म रोक्ने शक्ति देशलाई आवश्यक छ । जो नीति, निष्ठा र नैतिकवान नेतृत्वबाटमात्र सम्भव छ । ऊ कर्ममा उभिनुपर्दछ ।