पहुनाको आकर्षण अतिथि सत्कार घरबास

आदर्श अनलाइन, बागलुङ

घरबास पर्यटकीय गाउँका रुपमा परिचित बागलुङको भकुण्डे गाउँ आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दै गएको छ । घरबास वर्खाको बेसिजनमा समेत खाली नभएको घरबास सञ्चालनकहरु बताउछन् । बागलुङ बजार देखि तीन घण्टाको पैदल र डेढ घण्टाको यातयातको साधनमा पुग्न सकिने भकुण्डे गाउँमा घरबास संगै पर्यटकीय ताल, दृश्यावअलोकनका लागि बनाइएको भ्यूटार लगायतका संरचनाले समेत आकर्षक गर्ने गरेको छ ।

जिल्लाकै पहिलो घरबासका रुपमा स्थापना भएको अतिथि सत्कार घरबास अहिले भकुण्डे गाउँको ८ घरमा सञ्चालित छ । घरबासमा एकै रात ५० जना पहुँना राख्न सकिने छ भने घरबासमा पछिल्लो पटक पहुँनाको रोजाई अनुसारको सेवा सुविधा दिइदै आएको छ । शुरुमा सामानय व्यवस्थापनमा सञ्चालित घरबासले पछिल्लो समय आफ्नो सेवा सुविधा थप्दै गएका छन् । घरबासमा अर्गानिक स्वादिष्ट खानाका परिकार, मनोरम प्राकृतिक दृश्याअवलोकन तथा तालहरुले मनै लोभ्याउने त्यहाँ पुगेका पर्यटकहरुले बताएका छन् । भकुण्डेको शिरमा हिरा ताल र तल बराहताल समेत रहेका छन् ।

स्थानीय उत्पादनहरुको स्वादको मजा लिन, हिमश्रृङखलाहरुको मनोरम दृश्य हेर्न, बिदा समयको सदुपयोग गर्दै प्राकृति संग रमाउन आन्तरिक पर्यटकहरु घरबाससम्म पुग्ने गरेका छन् । घरबासमा कोदोको सेल रोटी र गुन्द्रुकको परिकारले आफ्नो मन लोभ्याएको आन्तरिक पर्यटक कृष्ण सापकोटाले जानकारी दिनुभयो । “निकै आनन्दित स्थानमा कोदोको सेल रोटी, मकै, बाँको गुन्द्रुक, लोकल कुखुराको झोलको स्वाद लिन पाइयो” सापकोटाले भन्नुभयो “घरबासमा उपलव्ध कोठा, शौचालय तथा स्नानघर समेत निकै सुविधा युक्त लाग्यो, त्यो भन्दा आन्द ताल र भ्यू टावरबाट दृश्यावलकोन गर्दा निकै आनन्द आयो ।”

वि.सं २०७३ सालमा पर्यटन कार्यालय पोेखराबाट दर्ता भई आधिकारीक रुपमा संचालनमा आएको बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको जिल्लाकै पहिलो अतिथि सत्कार होमस्टे पर्यटकको लागि गन्तव्य बनिरहेको छ ।

भकुण्डे भ्यू टावरबाट मात्रै नेपालमा ८ हजार भन्दा माथीका ६ वटा हिमालहरु देख्न सकिने छ । कोरोनाको महामारीको समयमा थलिएको घरबास पर्यटकन अहिले उप फष्टाउन थालेको छ । वर्खाको समयमा समेत जिल्लाका अन्य घरबास सुनसान भइरहेको सन्दर्भमा यहाँको घरबासमा भने पर्यटकहरुको चहल पहल भइरहेको अतिथि सत्कार घरबासका सञ्चालक इन्द्र कुमारी थापाले बताउनुभयो ।

“वर्खाको समयमा समेत हामीलाई फूर्सद छैन, पाहुँना आउने थाहा भएपछि दिउँसै देखि हाम्रो तयारी हुन्छ, खानाका परिकार पकाउनै व्यस्त भइन्छ, पाहुँना नआउदा घरको खेतीपाती गर्ने काम गरिन्छ” थापाले भन्नुभयो “अतिथि स्तकार घरबास जिल्ला सदरमुकामबाट नजिके चिसो हावा पानी, ताल र भ्यूटावर अनी हिमऋङ्खलाका कारण समय समयमा विदेशी पर्यटकहरु समेत यहाँ आउछन्, म लगायत यहाँका अन्य महिलाहरुको दिनचर्या घरबासमा अर्गानिक परिकार बनाउनै बित्छ ।”

समयसमयमा घरबासमा बस्नका लागि अमेरिका, कोरिया र चिनियाँ लगायतका देशहरुकाट समेत पर्यटकहरु आउने गरेको घरबास सञ्चालक समितिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । अतिथि सत्कार घरबासमा बागलुङ, पर्वत, म्याग्दी, पोखरा, काठमाडौँ सहित भारतयि पर्यटकहरुको समेत आगमन हुँने गरेको छ । चिसो स्थानमा फल्ने यहाँका आलुको परिकार समेत निकै स्वादिष्ट हुँने गरेको छ ।

घरबास सञ्चालकहरुले गाउँमै उत्पादन गरेको आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार पाहुँनाको रोजाई अनुसार खुवाएने गरेका छन् । यहाँ घरबास सञ्जालनमा आएसंगै ग्रामिण क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याएको बागलुङ नगरपालिका–१० भकुण्डेका वडाध्यक्ष तिल बहादुर थापाले बताउनुभयो ।

उहाँले भकुण्डे आउने पदमार्ग व्यवस्थित भएपनि सडकमार्ग सुधार गर्न आवश्यक रहेको भन्दै नगरपालिका, प्रदेश र केन्द्र सरकार संग बजेट माग भइरहेको बताउनुभयो । उहाँले सडक सुधारको सानो तिनो काम भइरहेपनि ठूलो बजेट पार्न नसकिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *