बागलुङ महोत्सव,भलिबल क्रेज र अबको कदम

भलिबल खेल लोकप्रिय खेलको रुपमा स्थापित छ । फलस्वरुप राष्ट्रिय खेलको मान्यता समेत पाएको छ । हामीले बिश्व समुदाय माझ तिम्रो राष्ट्रिय खेल कुन हो भनेर सोध्दा डण्डिबियो भन्नुपर्ने तर अन्र्तराष्ट्रिय खेल अभ्यास नहुँदा त्यो एकादेशको खेल जस्तो आभाष हुने परिस्थिति बिद्यमान थियो । धेरै लामो प्रयास पछि त्यस्तो सवाल जवाफको सकस अन्त्य भयो । र नेपालको दुरदराजमा पनि खेलिने भलिबल खेललाई केही बर्ष अघि मात्रै राष्ट्रिय खेलको मान्यता दिइयो । र यसको फराकिलो आयाम, स्वश्थ शारिरिक तथा अन्य आवश्यकता र महत्वलाई अझ ब्यापक बनाउन प्रेरित गरिएको छ । यो सुखद बिषय हो ।

भलिबल खेल प्रतिको आकर्षण के कति छ ? अहिले फुटबल र क्रिकेट खेलको क्रेज युवापुस्ता माझ ह्वात्तै बढिरहेका बेला यसको जवाफ ठुला शहरहरुमा झट्ट भलिबल आउदैन । तर, पहाडी जिल्ला, यसका सदरमुकाम, बजारदेखि दुर्गम गाउँहरु सम्म पनि भलिबल खेलको आकर्षण लोभलाग्दो छ । यसको उदाहरण अहिले बागलुङ महोत्सवका अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगितामा पनि प्रष्ट देख्न सकिन्छ । भलिबल खेल, यसको शक्ति, सामथ्र्य र आकर्षण हेर्न लायक छ । केही बर्ष अघिका चैते दशैं मेला र बागलुङ महोत्सवमा आउने राष्ट्रिय स्तरका भलिबल खेलाडीहरुको आगमनले जिल्ला र आञ्चलिक रुपमा छुट्टै रौनकता ल्याउथ्यो । पछिल्ला बर्षमा राष्ट्रिय टिम र खेलाडी आउन छाडेका छन् । तर पनि भलिबल प्रतिको यस क्षेत्रका दर्शकको मोह र आकर्षण उस्तै छ । जुन महोत्सवमा भएको भलिबल, त्यसका क्वाटर र सेमिफाइनल खेल हेर्न आएका दर्शकको धैर्यता, सकस, क्रेजले प्रष्ट संकेत गथ्र्यो । धौलागिरी र गण्डकी प्रदेश स्तरमा उत्कृष्ट कहलिएका खेलाडीहरुको आगमनले अवश्य पनि दर्शक र खेल शुभेच्छुकको मन तानेको छ । र सयौं दर्शक, खेल शुभेच्छुक मैदान पुग्ने गरेका छन् ।

बागलुङ महोत्सव या चैते दशैंमा आयोजना गरिने भलिबल प्रतियोगिताले जिल्लामा भलिबल खेलका क्षेत्रमा एउटा मानकको रुपमा काम गर्छ । भलिबल खेल क्षेत्रमा भइरहेका नयाँ नयाँ नियमहरुका बारेमा यिनै प्रतियोगिताबाट खेलाडी र दर्शकले अधिक जानकारी हासिल गर्छन् र गाउँघरका मेला उत्सवमा अनिवार्य रुपमा आयोजना गरिने भलिबल प्रतियोगिता सञ्चालन गर्छन् । यति मात्रै होइन, अझ महत्वपूर्ण सिकाई या उपलब्धि त यस प्रतियोगितामा अनुभवी उत्कृष्ट खेलाडीहरुले प्रर्दशन गर्ने खेल कौशललाई सोही अनुरुप ग्रहण गर्ने आँफुलाई निखार्ने र उत्कृष्ट सावित गर्ने प्रयास पनि खेलाडीहरु गर्छन् । यति हुँदा–हुँदै पनि भलिबल अझै जुन महत्व र व्यवस्थापन सहित राज्य र सम्वद्ध निकायद्धारा सञ्चालित हुनुपर्दछ । त्यो हुन सकिरहेको छैन । भलिबल खेलाडीहरु एउटा मेला र महोत्सवका लागि भविष्यबारे बेखबर बनेर त्यसमै लागिरहन सक्दैनन् । फुटबल,क्रिकेटहरुमा जस्तै राम्रा खेलाडीहरु व्यवसायिक भलिबल खेल खेल्न सक्ने, टिक्न सक्ने अवस्था पनि क्रमशः बनाउदै जानुपर्छ । महोत्सव र मेलामा जिल्ला स्तरमा आयोजना गरिने भलिबललाई अझ राष्ट्रव्यापी बनाउने गरि गर्न सक्ने हो भने यसको आवश्कता, लोकप्रियता र मेला महोत्सवको रौनकता पनि फरक रुपमा स्थापित हुने निश्चित छ । जागरण दैनिकको सम्पादकीयबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *