बेनीमा सहकारी बैंकको शाखा स्थापना गर्ने तयारी

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीका सहकारीकर्मीहरूले बेनीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न पहल थालेका छन् । आइतबार सदरमुकाम बेनीमा आयोजित राष्ट्रिय सहकारी बैंकको सेवा र सहकारीको समसामायिक विषयमा छलफल कार्यक्रममा बोल्ने सहकारीकर्मीले म्याग्दीका सहकारीहरूलाई सहज र प्रभावकारी सेवा दिन शाखा विस्तारको आवश्यकता रहेको बताइएको थियो ।

सोही अवसरमा शाखा स्थापना तथा पहलका लागि बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा ११ सदस्यीय र जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सोही अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीको तर्फ राष्ट्रिय सहकारी बैँक लि.का अध्यक्ष केवी उप्रेतीलाई शाखा स्थापनाका लागि ज्ञापनपत्र समेत बुझाइएको थियो ।

सोही अवसरमा बोल्दै प्रमुख अतिथि सहकारी बैंकका अध्यक्ष उप्रेतीले सहकारी बैंकले आफ्ना सदस्यलाई सहज र प्रविधियुक्त सेवाका लागि सहयोग गर्दै आएको बताए ।‘तपाईहरुका हरेक समस्यामा हाम्रो साथ हुन्छ,‘सहकारी बैंक सहकारीकै हितमा मात्रै काम गर्ने बैंक हो’ अध्यक्ष उप्रेतीले भने । उनले म्याग्दीमा बैंकको शाखा स्थापना गर्न सहकारीकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए ।उनले वित्तीय सेवासँगै सहकारीहरुको संस्थागत विकासका लागि बैंकले हरेक समय साथ दिने भएकाले शाखा स्थापनाका लागि आवश्यक सहयोग गर्ने बताए ।

जिल्लाका सबै सहकारीलाई बैंकमा आवद्ध गराउने गरी अगाडी बढ्न सकेमा शाखा स्थापनापनि निकै सहज बैंकका सञ्चालक समिति सदस्य रामबहादुर जिसीले बताए । उनले सहकारी बैंकले म्याग्दीमा शाखा स्थापना गरेपछि सहकारीकर्मीको भूमिका थप बलियो र सहकार्यमा नमुना हुनुपर्ने बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *