गलकोटमा सहकारी बैंकको सेवा केन्द्र सञ्चालन गर्न माग


आदर्श अनलाइन, बागलुङ

बागलुङको मध्यभाग गलकोटका सहकारीकर्मीहरुले गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकालाई केन्द्रीत गरेर गलकोटमा राष्ट्रिय बैंकको शाखा वा सेवा केन्द्र सञ्चालन गर्न माग गरेका छन् ।

राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले सोमवार आयोजना गरेको कार्यक्रमका सहभागीहरुले सदरमुकाम भन्दा टाढा रहेको गलकोट क्षेत्रका सहकारीहरुलाई वित्तीय सहज र संस्थागत रुपमा सक्षम बनाउनका लागि सहकारी बैंकको शाखा आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले सहकारीहरुलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि नगरपालिका र सहकारी अभियानबीच सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाले गलकोट क्षेत्रका सहकारीहरुलाई सक्षम बनाउनका लागि आवश्यक प्रविधि र शिक्षा प्रदान गर्न समन्वय गर्ने तथा बैंकको शाखा तथा सेवा केन्द्र सञ्चालनका लागि सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), जिल्ला वचत तथा ऋण सहकारी संघ बागलुङका उपाध्यक्ष गणेश बहादुर खत्री, जिल्ला सहकारी संघका सञ्चालक शिवा खत्री, नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सरिता खत्री, सिएमसी बागलुङका अध्यक्ष दिपक राजभण्डारी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका सञ्चालक राम बहादुर जिसीले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गर्नु भएको थियो ।

बैंकका शाखा प्रमुख युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिएमसी बागलुङका सदस्य रविलाल शर्माले स्वागत गर्नु भएको थियो ।

गलकोटमा सहकारी बैकको शाखा तथा सेवाकेन्द्र सञ्चालनमा सहयोग गर्न उदेश्यले समन्वय उपसमिति गठन गरिएको छ ।

समितिको संयोजकमा संयोजक विरेन्द्र श्रेष्ठ रहनुभएको छ भने सदस्यमा शिवा खत्रि, गणेश खत्रि, हेमराज गैहृे, भगवती भण्डारी, गणेश चौहाल, होमनाथ अर्याल, हिरा ब.खड्का र छुम बहादुर थापा रहनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *