भकुण्डेमा फष्टाउदै किबी खेती

खेमराज गौतम, बागलुङ

बागलुङ नगरपालिका–१० स्थित भकुण्डेका हर्कबहादुरको घर नजिकै लगाएको किबीको एक बोटमा मात्रै गत वर्ष १५० केजी किबी फल्यो ।

२०७३ सालमा पोखरा किबीको बिरुवा देख्नुभएका हर्क बहादुरले बारीमा जम्मा ५ बोट मात्रै किबी लगाउनुभएको थियो । उक्त पाँच बोटमै वार्षिक ५०० किबी उत्पादन हुँने गरेको उहाँको तर्क छ ।

मलजल र थाक्रो राम्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने थापाको अनुभव रहेको छ । थापाको घरनै अहिले किबी फलले ढाकेको छ ।

“पहिला यो किबी फल नयाँ थियो, परिक्षणका लागि लगाएको हो, मेरोमा फल अलि सानो छ नत्र एउटै बोटमा १५० केजी किबी फलेको छ,” हर्कबहादुरले भन्नुभयो “किबीको परिक्षण सफल भएको छ, अब अन्य स्थानमा किबी खेती विस्तार गर्ने योजनामा छु, मैले किबी लगाएपछि भकुण्डेमा किबी खेती लगाउने बढेको र पछिल्लो समय भकुण्डेमा किबी खेती फष्टाउदै गएको छ ।” अहिले भकुण्डेमा थापा सहित आधा दर्जन किसानहरुले व्यवसायीक किबी खेती गर्दै आएका छन् । भकुण्डेमा उत्पादन भएको किबी खेती स्थानीय घरबास

बागलुङको भकुण्डेमा पछिल्लो समय किबी खेत गर्नै किसानहरुको संख्यामा बढ्दै गएको छ । भकुण्डेको साविक १, २ र ३ वडामा बढीमात्रमा किबी खेती भएको पाइएको छ । किबीको काँटछाट र उचित हेरचाह गरे मनग्य आम्दानी गर्न सकिने किबी खेती किसानहरुको भनाई छ ।

घरबास पर्यटकीय गाउँका रुपमा परिचित भकुण्डेको उपल्लोभागमा घरबास फष्टाउदै आएको क्षेत्रमानै किबीको सफल उत्पादन भइरहेको छ । घरबास आएका पाहुँनाले स्थानीय स्तरमै फलेको किबी रुचाउने गरेकाले बजारको समस्या नभएको अतिथि सत्कार घरबास सञ्चालक इन्द्र कुमारी थापाले जानकारी दिनुभयो ।

भकुण्डेमा फष्ठाउन थालेको किबी खेतीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने वडा कार्यालयको नीति रहेको बागलुङ नगरपालिका–१० का वडा अध्यक्ष तील बहादुर थापाले जानकारी दिनुभयो । “ मभर्खरै विजयी भएर आएको छु, यहाँ किबी खेतीको राम्रो संभावना देखियो, किबी खेती सफल समेत भइरहेको छ” वडा अध्यक्ष थापाले भन्नुभयो “आगमी वर्ष किबीको विषयमा किसानलाई जानकारी दिने र अनुदानमा बिरुवा वितरण गर्ने योजना बनाएको छ ।”

थापाका अनुसार भकुण्डेको तल्लो भागमा सुन्तला खेती र उपल्लो भागमा किबी खेतीका लागि किसनालाई प्रोत्साहन गर्ने योजना वडा कार्यालय संग छ ।

माटो परिक्षणको क्रममा भकुण्डेमा किबी खेतीको राम्रो संभावना देखिएको र किबी खेती व्यवसाय फष्टाउदो अवस्थामा रहेको छ । किबीप्रति किलो स्थानीय बजारमा ३०० देखि ३५० सम्ममा सहजै बिक्री वितरण हुने गरेको छ । किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकी लगायतका बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको बागलुङ नगरपालिकाका कृषि शाखा प्रमुख राहुल केसीले जानकारी दिनुभयो ।

किवी खेती एक हजार २०० देखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँका विभिन्न ठाउँमा एक हजार ७०० देखि एक हजार ८०० फिटसम्मको उचाइमा किबी खेती गरिएको बताइएको छ ।

रोपेको तीन वर्षबाट उत्पादन दिन सुरु गर्ने यो बिरुवाले लगातार ५० वर्षसम्म राम्रो उत्पादन दिने किबी केन्द्रको दाबी छ । चीनबाट पहिलो उत्पादन सुरु भएको किबीको अहिले विश्वका विभिन्न देशमा व्यावसायिकरूपमा खेती हुँदै आएको बताइएको छ । विभिन्न १७ प्रकारका भिटामीन पाइने किबी फलमा सुन्तलामा भन्दा बढी भिटामीन ‘सी’ र केरामा भन्दा पनि बढी भिटामीन ‘इ’ पाइने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *