तंग्रामकी मृगौला पीडित थापालाई आर्थिक सहयोग

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिका वडा नम्बर ४ की विष्णु थापालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

गत पौष महिनादेखि दुबै मृगौला फेल भएर उपचार गराइ रहेकी थापालाई स्पेनमा रहने तंग्रामवासीहरुले संकलन गरेको दुई लाख ७५ हजार ७५० र काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले पाँच हजार गरि दुई लाख ८० हजार ७५० मृगौला पीडित थापालाई हस्तान्तरण गरिएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष थापाले दुःख, समस्यामा परेका नागरिकलाई सहयोग गर्नु मानवीय सेवा भएको भन्दै सहयोग संकलन गर्ने स्पेनमा रहेका तंग्रामवासीलाई धन्यवाद दिए ।

पीडित थापालाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरि रहेका छन् । थापाको उपचारमा हालसम्म नौँ लाख रुपैयाँ खर्च भई सकेको उनका श्रीमान मनबहादुर थापाले जानकारी दिए ।

अहिलेसम्म विभिन्न व्यक्ति तथा संघ संस्थाबाट करिब पाँच लाख सहयोग समेत भएको उनको भनाई छ । स्पेनमा केबी थापा र सम्मरबहादुर थापाको नेतृत्वमा दुई लाख ७५ हजार संकलन भएको थियो । आर्थिक सहयोग कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापा र कांग्रेस बागलुङका पूर्व सचिव चित्रबहादुर कार्कीको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *