जीवन शाक्य
धेरै पुरानो समय देखि प्याज जस्तै खेती गरिदै आएको लसुन र प्याजको जात एउटै हो । यसको पनि औषधी जन्य उपयोगिता धेरै छ । रोगकारक जीवाणु विरुद्ध प्रतिजिवीकी गुण, सुजन कम गर्ने, धुसी विरुद्ध काम गर्ने, ढिलो विषको काम गर्ने अशुरक्षित खानाहरुः खराव चिल्लो पदार्थ टान्सफयाट भएको औद्योगिकजन्य तेलमा फुराईएका तारिएका तयारी खाजा खानाहरु, चार खुटट््े जनावर जन्य मासुमा पाईने खराब चिल्लो पदार्थहरु, एक पटक भन्दा बढी पकाईएका वा तताएर खाने गरिएका खाना खाजाहरु, बट्टे बत्तल र पोकामा राखिएका सबै धेरै दिनका बासी खाजा खानाहरु विरुद्ध काम गर्ने एण्टि अक्सिडेण्ट तत्वहरु हुन्छ ।
यसता ढिलो विषजन्य तत्वहरुले शरिरमा सुजन ल्याएर जड वा स्राहो बनाउन काम गर्छ जसले शरिरको लचकता खुम्चिने फुक्ने शक्ति कम गर्छ । साथै विषाणु विरुद्ध काम गर्ने anti viral तत्वहरु पनि हुन्छ र रगत जम्न नदिने पातलो बनाउने तत्वहरु पनि पाईन्छ । त्यसैले नसर्ने धेरै दीर्घ रोगहरुमा यसको प्रयोग गर्न सकिन्छ । लसुनमा धेरै खनिज पदार्थ र भिटामिन पनि हुन्छ ।
मुटुको हर्टएट्याकमा
मुटुमा रगत पु¥याउने रगतका नलीहरु खराव चिल्लो पदार्थहरु भएको अशुरक्षित मिठो स्वादिलो खाना मासुका परिकारहरु, घरिघरी तताइएको दाल तरकारीहरु, बढी शक्तिजन्य बलदिने अन्नहरु, जन्क तयारी खाजा खानाहरु, भिटामिन र खनिज पदार्थहरु कम भएका खानाहरु बट्टे सिसीका रक्सी जन्य पदार्थहरु सिसिका चिसो पेय पदार्थहरु खादा रगतका नलिहरुमा बोसो जन्य चिल्लो पदार्थहरु जमेर प्वाल सानो वा साँगुरो भएर मुटुमा रगत पुग्न नसकेर हर्ट एट्याक हुने समस्याहरु हुने गर्दछ । बेसार, अदुवा, लसुन प्याजले औषधिको काम गर्छ ।
तुरुन्तै एट्याक भएको अवस्थामा गर्छ भन्ने होइन यसतो हुन नदिन लामो समय सम्म सेवन गरिराख्नु पर्छ हर्ट एट्याक हुँदा देव्रे छाती एकदम दुख्ने कसिने पाटिने र माथिल्लो कुम सम्म पाट्टिने हुन्छ ।
खुटटा र घुडाको जोर्नी दुख्ने रोग
धेरै मोटो बढी तौल भएका मान्छेहरुमा अनावश्यक बढी तौलले गर्दा घुडाको जोर्नी दुख्ने रोगः विस्तारै खिइने हुन्छ । बढी तौलले गर्दा हिड्दा डुल्दा जोर्नीहरु घोटिन जाने भई जोर्नीहरु सुनिने हड्डी खिइन भएर, साथै शरिरमा भएको अनावश्यक चिल्लो पदार्थहरु जोर्निमा भएको नशा जन्तुहरुमा जम्न गई जोर्निमा रगत पुग्न नसकेर जोर्निहरु चलाउने नसक्ने अवस्था आउँछ । खराव चिल्लो पदार्थहरु जोर्निको अगाडी पछाडी तन्तुहरुमा जम्ने भएर सुजन भई नरम डल्लो जस्तो भएर विकशित पनि हुन सक्छ जसले जोर्नीहरुमा रगत पु¥याउने काममा अवरोध गर्छ । यस्तो अवस्थामा पनि माथिको सबै चिजहरुको सेवनले खराब चिल्लो पदार्थ घटाउने र सुजन कम गर्ने गरेर दुखाई पनि कम गर्छ ।
तर सुरु सुरुको जोर्नि दुख्ने समस्या सुरु भए देखिनै सेवन गर्दा फाइदा जनक हुन्छ, रोग लागेर हड्डी बढी खिइने गरि तौल कम नगर्ने अशुरक्षित खानाहरु खाने, धेरै खाने गरि राख्दा जे सुकै औषधि खाए पनि, समस्या कम गर्न कठिन हुन्छ र समस्याले थप जटिल हिडनै नसक्ने, ढल्की ढल्की हिडनु पर्ने वा लठ्ठीको सहाराले मात्र विस्तारै हिडन सकिने समस्या पछि देखा पर्ने सम्भावना एकदम रहन्छ ।
धेरै मोटोघाटो तौल अनावश्यक बढी
अनावश्यक बढी तौल भएका कुपोषित खान नजान्ने मान्छेहरुलाई नसर्ने दीर्घ रोगहरु मुटुको एटयाक, सुगर बाथ, पथ्थर पर्ने, थाईराइड, क्यान्सर जे पनि हुन सक्ने सम्भावना रहन्छ र सम्भावित दिमागमा उच्च रक्तचापका कारण मस्तिष्क घात भई पक्षाघात हुने, मृगौला फेल हुने सम्भावना पनि हुन्छ । उनीहरुको तौल उचाई फिटमा नाप्दा जति इन्च हुन्छ केजीमा तेतिनै तौल हुनु भनेको राम्रो स्वस्थ भईरहने अवस्था हो ।
यो भन्दा बढी १५ केजी भन्दा माथी धेरै सम्म हुन सक्छ जसलाई ओवेसिटी वा अत्यधिक पोषण भएको भनिन्छ यो पनि कुपोषणको एउटा रुप हो । यसतो बढी तौल भएका मान्छेहरुमा सबैभन्दा बढी देखिने समस्या भनेको घुडा वा तल खुट्टाको जोर्नी दुख्ने बाथको समस्या हुन्छ । यसतो समस्यामा पनि छिटो तौल कम गर्न लसुनको प्रयोग कागती र मह संगै विहान बेलुकी गर्दा फाइदा जनक हुन्छ ।
रगतका नलीहरु स्राहो हुनु athero sclerosis
रगतका नलीहरुमा बोसो वा अनावश्यक पदार्थहरु जम्दा शरिरका माग अंग तन्तुहरुले काम गर्न नसक्ने समस्या धेरै हुन्छ । यस्तो अवस्थामा मुटुको एट्याकसँग सुगरका रोगहरु देखिने टाउको दुख्ने, हातखुट्टा चलाउन कठिन हुने आदि धेरै समस्या देखा परेको हुन सक्छ । नशाको यो जडता समस्या कमगर्न चिल्लो घटाउने भएकोले लसुनले राम्रो काम गर्छ ।
क्यान्सर, ट्युमरमा
अशुरक्षित खानपान नुन बढी, चिनी, बढी खराव चिल्लो पदार्थ, अजिनोमोथो, बट्टे पोके, प्याकेटका शिशीका खानाहरु जुन धेरै दिनको बासी खाना हो यसले धेरै जडता पैदा गर्छ, रसायन मिसेको वा मिसाईएको खाना फलफुल तरकारीहरु यसले शरिरमा विस्तारै गाँठहरु, र यसका डल्लाहर बनाउँछ, यसता गाँठहरु बढने खालको भयो भने क्यान्सर भनिन्छ । नबढ्नेलाई ट्युमर सिष्ट फाईव्राइड पनि भनिन्छ । क्यान्सर जुन अंग र टिस्युमा पनि हुन्छ । दिमागको क्यान्सर रगतको क्यान्सर हड्डी, पाठेघर फोक्सो, आदि जहाँ पनि हुन्छ । बढ्ने खालको गाँठहरु भनेको गम्भिर समस्या हो । साथै गाँठहरुले गर्दा रगत बग्ने गम्भिर समस्या पनि देखा पर्छ । यस्तो समस्या हुन नदिन पनि लसुनले काम गर्छ, तर यसतो खानासँगै खानु पर्छ । तर अशुरक्षित खानपान नै क्यान्सर हुन नदिने उपाय हो ।
उच्च रक्तचाप, खराव चिल्लो पदार्थमा र अन्य रोगहरुः
लसुनको सेवनले रगतमा भएको बढी खराव चिल्लो पदार्थलाई कमगर्ने भएकोेले उच्च रक्तचाप कम गर्छ । यौन क्षमता बढाउन र विर्य बढाउन पनि यसले सहयोग गर्छ । यसले नशा तन्तुहरु जम्न रोकेर मान्छेहरुको विसर्ने रोग कमगर्न पनि सहयोग गर्छ । रुघा लाग्दा पनि लसुनको सेवनले फाइदा गर्छ ।
मात्रा, खाने तरिका
माथिका रोगहरु लागेको अवस्थामा १, २ पोटी दैनिक विहान खाली पेटमा खानु फाइदा जनक हुन्छ । तौल धेरै मात्रामा घटाउन मनतातो पानीमा कागती राखेर लसुन २ पोटी (३ देखि ६ ग्राम) दैनिक खानु पर्छ । यो दैनिक तरकारीमा राखेर पनि खाने गरिएको छ र औषधिजन्य उपयोगको लागि थप २ पोटी जति खान सकिन्छ । महसँग पनि खान सकिन्छ । मान्छेहरुले सुप बनाएर पनि खाने गर्छन् । यसको पिरो राग कमगर्न राती खाना खाए पछि टुक्रा टुक्रा पारेर पानीमा भिजाएर भोली पल्ट विहान पनि खान सकिन्छ ।
खराब असर
धेरै बढी खादा र ग्यासटाईटिसमा खादा लसुन बढी पिरो र गर्मी बढाउने खालको हुने हुँदा पेट पोल्ने, अमिलो पानी मुखमा आउने समस्या हुन सक्छ र नमिठो गन्ध वा श्वास गन्हाउन हुन्छ । साथै रक्तचाप कम हुनेले लसुन खान हँुदैन समस्या बढाउछ । रगत जम्ने विरुद्ध औषधि खाईरहेका विरामीहरुले लसुन नखाएको राम्रो । गर्भवती महिलाले पनि भिन्दै लसुन खानु पर्दैन ।
अन्तिम भनाईः
यसको प्रयोग माथि भनिएका समस्याहरुमा र रोग लाग्न नदिन अशुरक्षित खानपान बढी गर्नेहरुले नजिकै रहेको लसुन पनि खाने टोक्ने गर्न सकिन्छ रोगबाट बच्नको लागि । तर सबैभन्दा राम्रो अशुरक्षित खानपानै भरसक नगर्नु हो ।
साभारः नेट : सबैको भलो कल्याण होस् ।