मगर विद्यार्थी संघको तमानखोला र जैमिनीमा संगठन विस्तार

आदर्श अनलाइन, बागलुङ
नेपाल मगर विद्यार्थी संघ बागलुङले जिल्लाको १० वटै स्थानीय तहमा संगठन विस्तार अभियानलाई तीव्रता लिएको छ । संघको आसन्न ११ औँ जिल्ला अधिवेशनलाई लक्षित गर्दै पालिकास्तरमा संगन विस्तार सुरु गरेको हो ।

शुक्रबार तमानखोला गाउँपालिकामा संगठन विस्तार गरेको छ । तमानखोलामा सिर्जना घर्ती मगरको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मनोज बुढा मगर, सचिवमा गगन पुन मगर, सह–सचिव दिल कुमारी घर्ती मगर र कोषाध्यक्षमा सुनिता बुढा मगर चयनहुनु भएको छ ।

त्यस्तै जैमिनी नगरपालिकामा याङस्याङ श्रीस मगरको अध्यक्षतामा १४ सदस्यीय समिति गठन भएको छ । जसको उपाध्यक्षमा दुर्गा थापा मगर, सचिवमा माया थापा मगर र कोषाध्यक्षमा मनिसा दर्लामी चयन हुनु भएको छ ।

संघको आगामी भदौ २४ गते ११ औँ जिल्ला अधिवेशन हुने अध्यक्ष सागर घर्ती मगरले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *