रुपा गौतमको स्मृतिमा जेहन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

आदर्श अनलाइन, बागलुङ

रुपा गौतमको स्मृतिमा जेहन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नुवार सुवेदीथर माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी स्वर्गीय रुपा गौतमको स्मृतिमा उहाँको परिवारले विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई दस हजार बराबरको शैक्षिक सामग्री २५ विद्यार्थीलाई वितरण गरिएको विद्यालयका प्रधानध्यापक दिपक सुवेदीले जानकारी दिनुभयो ।

स्वर्गीय रुपा गौतमको २०७१÷०५÷१२ गते तीजको दिन माइतीघरबाट घर फर्कने क्रममा बागलुङको बोक्से खाल्टा भन्ने ठाउँमा निर्मम तरिकाले हत्या भएको थियोे । हत्या भएको आठ वर्ष वितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसक्नु विडम्बनापूर्ण भएको सहभागीले जनाएका थिए ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा स्वर्गिय रुपा गौतमका आमा पार्वती सुवेदी, रुपा गौतमका छोरा मनोज गौतम, शिक्षिका टिका गौतमले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम प्रधानध्यापक दिपक सुवेदीको अध्यक्षता तथा शिक्षक ख्यामराज सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *