बागलुङ नगरपालिकाको १०० दिनको काम : वडामै पुगेर सेवादेखि पूर्वाधार निर्माणसम्म

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले १०० दिनको कार्य उपलब्धी सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरि नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि गरेका मुख्य कामहरुको कार्य उपलब्धी सार्वजनिक गरेको हो ।

नगरपालिकाले एक समय दिनको अवधीमा वडाहरुमा वडा तहमै पुगेर ९३ वटा योजना सम्झौता, १६७ जना व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण, ८६९ जनाको सामान्य स्वास्थ्य परिक्षण, २७८ जनामा कोभिड–१९ परीक्षण, २३ जनामा यौनरोग परीक्षण, ३५१ जनाको आँखा परीक्षण र १२ जनामा मलेरिया परीक्षण गरेको नगरपालिकाले जनाएको छ ।

बागलुङ बजार क्षेत्रको पार्किङ व्यवस्थापन, सडक एवं चोक सुधार, अव्यवस्थित तार व्यवस्थापन गर्न सरोकारवालहरुसँग समन्वयात्मक बैठक गरी समाधान गर्न पहल थालको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो । मालढुङ्गादेखि गणेशथान घुम्तीसम्म सोलार बत्ति जडान गरिएको र एसियाली विकास बैंक मार्फत पुरानो अदालत चौपारीदेखि तित्याङ, भकुण्डे, काप्रे सडकको २४ कि.मी मध्ये १५ कि.मी. यसै वर्ष स्तरोन्नतीसहित कालोपत्रे गर्ने गरी समन्वय गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाले सार्वजनिक गरेको कार्य उपलब्धीमा १० लाखसम्मका योजना तथा कार्यक्रमको अनुगमन वडास्तरीय अनुगमन समितिबाट अन्तिम अनुगमन गरी भुक्तानी हुने गरी वडा तहलाई जिम्मेवारी दिएको छ । स्वीकृत योजना समयमै कार्यान्वयन गरी नतिजा हाँसिल गर्ने उद्धेश्यका साथ २०७९ मंसिर मसान्त भित्र योजना तथा कार्यक्रम सम्झौता हुने गरी स्वीकृत बजेटमा नै नीतिगत व्यवस्था गरिएको छ ।

नगरपालिकाको कार्य सम्पादनको लागि आवश्यक पर्ने ऐन कानुनहरु तर्जुमा तथा संशोधनको क्रममा २ वटा निर्देशिका, २ वटा कार्यविधि गरि ४ वटा कानुन निर्माण गरेको उहाँको भनाई छ । नगरका सबै वडामा व्यक्तिगत घटना दर्ता शिविर तथा राष्ट्रिय परिचय पत्र बनाउनका लागि शिविर संचालन गरिएको र १४ वटै वडाका पाँच हजार २३५ जना लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता नविकरण सगरेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा एअरपोर्ट खण्ड सडक स्तरोन्नतीसहित कालोपत्रे गर्ने योजना अघि बढाउन सडक विभागसंग अनुरोध गरेको उहाँको भनाई छ । नगरपालिकाको समन्वय र सहजिकरणमा वडा नम्बर ९ को बयानब्बे डाँडा–सिगाना पुल–वडा कार्यालय–बौडेचौर सडक कालोपत्रेसहित स्तरोन्नती गर्ने योजनाको डिभिजन सडक कार्यालयवाट बोलपत्र आव्हान भई खरिद प्रक्रियाको अन्तिम चरणमा पुगेको श्रेष्ठले जानकारी दिनुभयो ।

अमलाचौर लिङ्खिटङ खानेपानी योजनाको सेवा क्षेत्र वडा नम्बर ८, ९, १० र ११ मा विस्तार गरी तत्काल कार्यान्वयनमा लैजान खानेपानी तथा ढल व्यवस्थापन विभाग संग अनुरोध एवम् समन्वय गरिएको भन्दै नगर प्रमुख श्रेष्ठले बजार क्षेत्रको भूमिगत ढल व्यवस्थापन परियोजनाका लागि बोलपत्र आव्हान गर्न खानेपानी ढल व्यवस्थापन कार्यालयलाई सहयोग एवम् सहजिकरण गरिएको बताउनुभयो ।

प्रस्तावित ढल प्रशोधन केन्द्र प्रभावित क्षेत्रका वासीन्दाहरुसहित जनप्रतिनिधिले विभिन्न क्षेत्रमा संचालित ढल प्रशोधन केन्द्रको अध्ययन अवलोकन समेत गरेको उहाँको भनाई छ । नगरपालिकाको समन्वय र सहजिकरणमा वडा नम्बर ४ उपल्लाचौरदेखि पर्वतको नाग्लीबाङ जोडने ५२३ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्य प्रारम्भ भएको छ समेत नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

बागलुङदेखि कुश्मा नगरपालिका जोड्ने विश्वकै लामो झोलुङ्गे पुलको विद्यमान लाईटिङ प्रणालीमा जोखिम देखिएको कारण हाललाई उक्त विद्युत लाईन बन्द गरी कुश्मा नगरपालिका र नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी सुरक्षित तरिकाले बिजुली बत्ति जडान गर्न प्रक्रिया अधि बढाईएको उहाँको भनाई छ ।

बागलुङ नगरपालिका वडा नम्बर ९ स्थित तामाखानी लामो समयदेखि अलपत्र अवस्थामा रहेको र खानी संचालन गर्न र अध्ययनको क्रममा बनाईएका संरचनाको उचित व्यवस्थापन गरि जोखिम व्यवस्थापनका लागि खानी तथा भूगर्भ विभागका महानिर्देशकसँग छलफल गरि विभाग मार्फत सम्बन्धित कम्पनीलाई पत्राचार गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

वडा नम्बर ४ स्थित निर्माण भएको लामोसम्म पनि संचालनमा नआएको बसपार्क संचालनका क्रममा देखिएका समस्या सामाधान गरि छिटो संचालनका गर्न कार्यदल गठन गरि कार्य अघि बढाइएको उहाँको भनाइ छ । बाङ्खेचौर खेल मैदानमा व्यवस्थित रंगशाला निर्माण परियोजना अघि वढाउन वातावरणीय प्रभाव मुल्याङ्कन गर्न प्रक्रिया अघि बढाईएको, सिंगाना स्वास्थ चौकीमा बर्थिङ सेन्टर स्थापनाको लागि तयारी पुरा गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिका वडा नम्बर ३ स्थित कृषि सामग्री संस्थानको गोदाम घर रहेको जमिनमा सार्वजनिक पार्किङ लगायत बहुउदेश्यीय प्रयोजनमा प्रयोग गर्न कृषि सामग्री संस्थानसंग लिजमा जमिन उपलब्ध गराउन छलफल गरि प्राप्त हुने प्रक्रियामा रहेको नगर प्रमुख श्रेष्ठको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *