दशैंपछि म्यादी प्रहरी भर्ना खुल्दै, ४० दिनमा ४७ हजार पाइने

आदर्श अनलाइन, काठमाडाैँ
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आवश्यक पर्ने म्यादी प्रहरीकाे भर्ना दशैंपछि खुलाउने तयारी गरिएकाे छ । दशैंलगत्तै म्यादी प्रहरीको भर्ना प्रकृया शुरु हुनेछ । यसपालि पनि प्रहरीले ४० दिनको लागि म्यादी प्रहरीको भर्ना गर्नेछ ।

म्यादी प्रहरीले ४० दिनको ४० हजार तलब र ६ हजार ५ सय कपडाको पैसा पाउने भएका छन् । हिमाली भेगमा खटिने म्यादी प्रहरीलाई थप ज्याकेट किन्न १ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

४० दिनका लागि कपडाको ६ हजार ५००, तलब ४० हजार र ३ दिनको ९०० गरी समग्रमा ४७ हजार ४ सय रुपैयाँ पाउने भएका हुन् । प्रहरी अधिकारीका अनुसार चुनावको अघिल्लो दिन, चुनावको दिन र अर्को दिनका लागि प्रतिदिन ३ सयका दरले खाजा खर्च पाउने भएका छन् ।

सरकारले आइतवार आगामी निर्वाचनमा लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि सहमति दिइसकेको छ । म्यादी प्रहरीका लागि सरकारले ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *