पहिरोले कालिगण्डकी करिडोरको बागलुङ खण्ड अबरुद्ध

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालिगण्डकी करिडोरको बागलुङ खण्ड अबरुद्ध भएको छ ।

निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–१० दबल्याङमा सडक अबरुद्ध भएको छ भने करिडोरकै फुस्रेखोलामा निरन्तररुपमा सडकमाथिबाट ढुङ्गा खसिरहेको छ । बागलुङमा लगातारको वर्षाका कारण दक्षिण भेग जोड्ने सडक सम्बन्ध विच्छेद भएको हो ।

दब्ल्याङ हुँदै बलेवा कुश्मिसेरा जाने सडक केही दिनदेखि बन्द भएपछि कालीगण्डकी करिडोर मार्फ सवारी साधनहरु सञ्चालनमा आएका थिए । निरन्तरको वर्षापछि करिडोर अबरुद्ध भएपनि वर्षाका नरोकिएका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

करिडोरको दब्ल्याङमा हिजोदेखि लगातार लेदे बगिरहेका कारण सवारी चल्न सकेका छैनन् भने बागलुङ नगरपालिका–१३ फुस्रेखोलामा निरन्तर सडक माथीबाट ढुङ्गा खसिरहेकाले वर्षा रोकिएपछि मात्रै सडक खुलाउने योजनामा रहेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

“हिजो दव्ल्याङमा समस्या थिएन, सडकमाथिबाट फुस्रेखोलामा ढुङ्गा खसिरहेकाले दुर्घटना रोक्न हिजो देखिनै सवारी सञ्चालनमा रोक लगाएका छौं” उपप्रमुख खड्काले भन्नुभयो “पानी नरोकिदा सम्म दव्ल्याङको पहिलो पन्छाउन त सकिएला तर फुस्रेखोलामा ढुङ्गा खसिरहेकाले समस्या भयो, ढुङ्गा हटाउन नेपाली सेनालाई सहयोग मागिएको छ ।”

सडक अबरुद्ध हुँदा दुई दिन देखि बागलुङको दक्षिण भेग जोड्ने बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जिल्ला सदरमुकाम संगको सडक सञ्जालबाट टुटेको छ । दव्ल्याङको पहाड गहिरिएर पहिरो गएका कारण एक महिनादेखि वलेवा, भकुण्डे, कुश्मिसेरा र बरेङ जाने सवारीसाधनहरु करिडोरको सडक प्रयोग गरेर सञ्चालनमा आइरहेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *