नेकपा एस बागलुङद्वारा उम्मेदवारको नाम सिफारिस

आदर्श अनलाइन, बागलुङ
अगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) बागलुङले उम्मेदवाहरुको नाम सिफारिस गरेको छ ।

बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधि सभामा नेकपा समाजवादीका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजी प्रसाद शर्मा र केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला श्री प्रसाद शर्माको नाम सिफसिरस गरेको छ ।

यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेश (क) मा लाल बहादुर थापा र भरत पुरीलाई सिफारिस गरेको छ ।

गठबन्ध भएको खण्डमा संग र प्रदेश सांसदमा सिफरीस गरेका मध्येबाटै मिलाउने गरी बागलुङ क्षेत्र नम्बर १ प्रदेश (ख)बाट अन्यको नाम सिफरिस नगरिएको नेकपा (एकीकृत समाजवादी) बागलुङका प्रचार विभाग प्रमुख शालिकराम शर्माले जानकारी दिनुभयो ।

यस्तै बागलुङ क्षेत्र नम्बर २ प्रतिनिधि साभामा पूर्व संसद तथा पार्टीका केन्द्रिय सदस्य शान्ति अधिकारीको नाम सर्वसम्मत सिफरिस गरेको छ ।

यस्तै बागलुङ क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा पार्टी केन्द्रीय परिषद् सदस्यकमल घिमिरे र बागलुङ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा जिल्ला सचिवालय सदस्य कमरेड हरि घर्तीको नाम सिफारिस गरेको प्रचार विभाग प्रमुख शर्माले बताउनुभयो । यस्तै बागलुङ क्षेत्र नम्बर २ ले समानुपातिक तर्फ समेत दुई जनाको नाम सिफारिस गरेको छ ।

पार्टी प्रदेश कमिटि सदस्य लिला शेरचन र पाटि जिल्ला कमिटि उपाध्यक्ष केशर छन्त्याललाई सिफसिर गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *