कालीगण्डकी करिडोरको ५५ किलोमिटर सडक कालोपत्रे हुँदै


–खेमराज गौतम, बागलुङ

चालु आर्थिक वर्षम कालोपत्रे शुरु गर्नेगरी कालीगण्डकी करिडोरको बागलुङ खण्ड ठेक्का प्रकृयामा गएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको रहेको कालिगण्डकी करिडोरको गुल्मीको हर्मिचौर देखि बागलुङको मालढुङ्गा सम्मको ५५ किलोमिटर सडक कालापत्रेका लागि ठेक्का आव्हान गरिएको हो ।

कालीगण्डकी करिडोर (गैडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय पाल्पाका अनुसार चालु आर्थिक वर्षमै कालोपत्रेको काम शुरु हुँने गरी हर्मीचौर देखि बलेवा विमानस्थल र वलेवा विमानस्थलदेखि मालढुङ्गाको दुई खण्डमा विभाजन गरेर ठेक्का आव्हान गरिएको छ ।

कालीगण्डकी करिडोर (गैडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय पाल्पाका कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार चालु आर्थिक वर्षमै सडक कालोपत्रेका लागि पूर्वाधारहरुको काम थालनी गर्ने बताउनुभयो ।

“करिडोरका लागि गत फागुनमा अर्थमन्त्रालयले बजेट सुनिश्चितता गरे संगै अहिले करिडोरको हर्मिचौर देखि मालढुङ्गासम्मको सडक खण्ड कालोपत्रेका लागि ठेक्कामा गएकाले जति सक्दो छिट्टै उक्त सडक कालोपत्रे हुँने छ” कार्यालय प्रमुख अधिकारीले भन्नुभयो “नेपाली सेनाले ट्रयाक संगै ८ मिटर चौडा पारेर सडक विभागलाई हस्तान्तरण गरेको थियो, कुनै स्थनामा अहिले समस्या छ, उक्त स्थानको सडक चौडा पार्ने, पर्खाल लगाउने र नाली निर्माण सहित सडक कालोपत्रेका लागि बजेट बिनियोजन भएर ठेक्कामा गएको हो, चालु आर्थिक वर्षमै छनौट भएको निर्माण कम्पनीले सडकको पूर्वाधार निर्माण थाल्नेछ ।”

गुल्मीको हर्मिचौरदेखि बागलुङको पालुङखोला–टाकुरी हुँदै मालढुङ्गा सम्मको ५५ किमि सडक कालोपत्रेका लागि बहुवर्षीय ठेक्का खोलिएको हो । करिडोर अन्र्तगतको मालढुंगादेखी बलेवा बिमानस्थल सम्मको १० किलोमिटर सडक १० मिटर चौडा बनाई सडक विभागलाई २०७६ पुस १ गते हस्तान्तरण गरेको थियो । सडक विभागलाई हस्तान्तरण गरेको साढे दुई वर्ष दुई वर्षमा बल्ल उक्त सडक कालोपत्रेका लागि ठेक्कामा गएको छ ।

यस्तै बलेवा विमानस्थलदेखि टाकुरी–पालुङखोला देखि हर्मीचौर सम्मको सडक २०७८ असारमा करिडोर निर्माणको जिम्मा पाएको नेपाली सेनाले सडक विभागलाई हस्तानतरण गरेको छ ।

सडक विभागले कालोपत्रेमा ढिलाईका बिषयमा नागरिकबाट गुनासो र आलोचना हुन थालेपछि अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ मिहनापछि ठेक्का खोलिएको हो । नेपालीको भाग्यरेखाका रुपमा रहेको भारत र चीन संग जोडेर त्रिदेशिय सम्पर्कको रुपमा स्थापित हुँने करिडोरको काम अगाडी बढ्ने अपेक्षा गरिएको छ ।

त्रिदेशिय सडकको रुपमा रहेको कालीगण्डकी करिडोरले छिमेकी भारत र चिनलाई जाडेको छ । मालढुंगादेखि गुल्मीको रिडीसम्मको खण्डमा सेनाले २०७० देखि काम गरेर सडक हस्तान्तरण गरेको छ । २०७० को असारमा शिलान्यास गरेपछि सेनाले ८० किमि ट्रयाक खोलेको थियो । सबै सडक खण्डको ट्रयाक खुलेपछि चौडा पार्ने काम पनि सेनाकै जिम्मामा सडक चौडा पारिएको छ । अब सडककमा नाली र कालोपत्रे लगायतको काम मात्रै बाँकी छ । अत्यधिक पहरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएपछि ट्रयाक खुलेको थियो ।

मालढुङ्गा देखि बलेवासम्मको सडक हस्तान्तरण भएको साढे दुई वर्ष वित्दा समेत कालोपत्रेको प्रकृयामा नगएपनि ढिलै भएपनि बागलुङको सबै खण्ड एकैपटक ठेक्कामा जानु बागलुङका लागि खुसीको कुरा भएको बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्य पाठकले बताउनुभयो ।

पाठकका अनुसार ठेकेदार राम्रो परे अबको तीन वर्षमा बागलुङ खण्डमा पर्ने कालगिण्डकी करिडोर सबे बालोपत्रे हुँनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *