नेकपा एमालेबाट बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) मा तीन जना सिफारिस


–आदर्श अनलाइन, बागलुङ

आगमी मंसिर ४ गते हुँने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमाले बागलुङले उम्मेदवारहरुको नाम सिफरिस गर्न थालेको छ ।

नेकपा एमालेले बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) ले तीन जनाको नाम सिफरिस गरेको छ । प्रदेश सभा सदस्य पदका लागि तीन जनाको नाम सिफरिस गरेर पठाएको हो ।

शुक्रबार बुर्तिबाङमा भएकोे बैठकबाट नेकपा एमालेका नेता टकं प्रसाद पौडेल, लक्ष्मण पुन र लक्ष्मी शेन सुनारको नाम जिल्लामा सिफारिस गरीएको नेकपा एमाले ढोरपाटन नगर उपसयोंजक ज्ञानप्रसाद कंडेलले जानकारी बताउनुभयो ।

नेकपा एमालेले १९ गते भित्र जिल्लाका सबै क्षेत्रका उम्मेदवारहरुको नाम सिफारिस गरेर पठाइसक्ने नेकपा एमाले बागलुङका सचिव विष्णु भुषालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *