चुनौतीको चाङबाटै सफलता हात पार्ने हो : एमाले प्रदेश कमिटि सदस्यहरु

आदर्श अनलाइन, बागलुङ
आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका उमेदवारलाई विजयी बनाउन एकतावद्ध भएर निर्वाचन केन्द्रीत अभियान जुट्न नेकपा एमालेका गण्डकी प्रदेश कमिटिका सदस्यहरुले आव्हान गरेका छन् ।

बागलुङबाट पार्टीको गण्डकी प्रदेश कमिटिमा रहेका सचिवालय सदस्य र सदस्यहरुबीच जिल्ला पार्टी कमिटिको संयोजनमा शुक्रवार भएको परामर्श वैठकका सहभागीहरुले पार्टी सम्पूर्ण रुपमा एकतावद्ध भएर निर्वाचनमा जित सुनिश्चित हुने बताएका थिए ।

गठबन्धनका कारण चुनौती अवस्य छ, तर त्यही चुनौतीकै अगाडि प्रशस्त अवसरहरु पनि छन, चुनौतीको पहाड चिरेर असवर हात पार्नका लागि सबै भन्दा पहिला सिंगो पार्टी एकतावद्ध भएर निर्वाचन अभियानमा होमिनु पर्नेमा वैठकका सहभागीहरुले जोड दिएका थिए ।

गठबन्धन झट्ट हेर्दा चुनौती जस्तो देखिए पनि गठबन्धनको चुनावी व्यवस्थापन, गठबन्धन सरकारले गरेका जनविरोधी कामहरु, नागरिकता लगायत राष्ट्रियता विरोधी कार्यहरुका कारण एमालेका लागि अवसर भएको प्रदेश कमिटि सदस्यहरुको ठहर छ ।

गत स्थानीय निर्वाचनमा उमेदवार छनोट लगायत निर्वाचन अभियानका क्रममा कतिपय स्थानमा एकतावद्ध र प्रभावकारी निर्वाचन परिचालन नभएको चर्चा गर्दै सहभागीहरुले एमालेजनहरु मात्रै एकतावद्ध भएर लाग्दा गठबन्धनलाई पराजित गर्न सकिने निष्कर्ष सुनाएका थिए ।

राष्ट्रिय रुपमा एमाले प्रति जनताको आकर्षण छ, राष्ट्रियता, जनजिविका, विकास निर्माण, मुलुक निर्माणको एजेण्डा तथा नेतृत्वका हिसावले एमाले अब्बल छ भन्दै सहभागीहरुले गठबन्धन सरकारले यो एक वर्षमा गरेका राष्ट्रियता विरोधी र जनविरोधी क्रियाकलापका बारेमा जनजनलाई जानकारी मात्रै गराउदा एमालेको जित सुनिश्चित हुन्छ ।

विगतमा जिल्लाले उमेदवार सिफारिस गरेपछि उमेदवार र उनीहरु नजिकका नेता तथा कार्यकर्ताहरु टिकटका लागि नेताको दैलो चाहर्ने प्रवृतिको अन्त्य गरी उमेदवार सिफारिस हुनेहरु प्रदेश र केन्द्रमा नेताका घरघरमा होइन, जनताका घरघरमा जाने वातावरण सिर्जना गर्नु पर्नेमा सहभागीहरुले जोड दिएको थिए ।

आगामी मंसिर ४ गतेको निर्वाचनमा सूर्य ध्वजावाहक उमेदवारलाई विजयी गराउन सबै खालका कमी कमजोरी र विवादहरुलाई थाति राखेर भावनात्मक एकताका साथ आ–आफ्नो कार्यक्षेत्रमा खटिने, स्थानीय तह निर्वाचनमा भएका कमी कमजोरीहरु सबैले आत्मसाथ गर्दै सम्पूर्ण नेतृत्व इमान्दारिताका साथ कार्यक्षेत्रमा खट्ने, एमालेले लिएको राष्ट्रियता र जनजिविकाका महत्वपूर्ण सवालहरुलाई आम समुदायका बीचमा पु¥याउने, सम्पूर्ण असन्तुष्टीहरु, गुनासाहरु र अन्तरविरोधहरुलाई पैतालमुनी राखेर एमाले जिताउ अभियानमा सम्पूर्ण पंक्ति शसक्त ढंगले लाग्ने प्रतिवद्धता वैठकका सहभागीहरुले गरेको एमाले जिल्ला कार्यालय सचिव अमर बहादुर थापाले जानकारी दिनुभयो ।

बैठकमा एमाले पोलिटव्यूरो सदस्यहरु लिला बहादुर थापा र मनकुमारी केसी जिसी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपाली, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिरा बहादुर केसी, एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्यहरू मोहनलाल शर्मा र नवराज पौडेल तथा प्रदेश कमिटिका १६ जना सदस्यहरुले विचार व्यक्त गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *