राष्ट्रिय सहकारी महासंघमा वरिष्ठ उपाध्यक्ष सहित ६ महिला नेतृत्वमा !

बागलुङ, २२ पुस

राष्ट्रिय सहकारी महासंघको वर्तमान कार्यकालको अन्तिम वैठक सम्पन्न भएको छ ।

वैठकले २७ औं वार्षिक साधारणसभाबाट आगामी कार्यकालका लागि निर्वाचित हुने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुको निर्वाचन निर्देशिका पारित गरेको छ ।

जस अनुसार महासंघका ३ पदाधिकारी मध्ये वरिष्ठ उपाध्यक्ष पद महिलाका लागि तोकिएको छ । अध्यक्ष र उपाध्यक्ष खुल्ला रहनेछ । यस्तै गण्डकी र कर्णाली प्रदेशबाट पनि महिलाको प्रतिनिधित्व हुने निर्णय भएको छ । त्यस बाहेक २ जना खुल्ला महिला महासंघको सञ्चालकमा जानेछन् । यस्तै लेखा समितिमा १ जना महिलाको व्यवस्था गरिएको छ । २२ सदस्यीय सञ्चालक समिति ५ र ३ सदस्यीय लेखा समितिमा १ गरी जम्मा ६ जना महिलाको सहभागिता हुने गरी निर्वाचन निर्देशिका पारित भएको महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुब्वाले जानकारी दिनुभएको छ ।
३ सय ३४ संघहरु सदस्य रहेको महासंघको २७ औं साधारणसभामा २ सय ६५ संघले मात्रै नविकरण गरेका छन् ।

महासंघको २७ औं वार्षिक साधारणसभा पुस २४ र २५ गते महासंघको कार्यालय पुल्चोकमा हुने भएको छ । २४ गते बिहान ९ बजे भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा कुमारी अर्यालले साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम रहेको सुब्बाले जानकारी दिनुभयो । सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको कार्यकाल अत्यन्तै सफल भएको समिक्षा वैठकले गरेको छ । अध्यक्ष केशव बडालले आफ्नो नेतृत्वको कार्यकाल सफल पार्न सहयोग गर्ने समितिका सबै पदाधिकारीहरु, सञ्चालक सदस्य, लेखा सुपरीवेक्षण समितिका संयोजक तथा सदस्यहरु, नेपाल सरकार, सहयोगी संघ संस्था र व्यवस्थापनप्रति धन्यवाद दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *