बागलुङ प्रदेश १ (ख) बाट एमालेका चार जना सिफारिस


आदर्श अनलाइन, बागलुङ

आगामी प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट बागलुङ क्षेत्र नं.१ ख बाट चार जना उमेदवार सिफारिस भएका छन् । प्रदेशसभा निर्वाचन समन्वय कमिटिको शनिवार सम्पन्न वैठकबाट चार जनाको नाम सिफारिस गरिएको छ ।

यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागी नेकपा (एमाले )को तर्फबाट बाग्लुङ क्षेत्र १(ख) प्रदेशको केन्द्रिय सल्लाहकार परिषद् सदस्य नवराज पौडेल, गण्डकी प्रदेश समपर्क कमिटि सचिव पदम गिरी, बागलुङ नगर कमिटि अध्यक्ष धन बहादुर परिवार र रुपा खनालको नाम सिफारिस गरिएको जैमिनी नगर कमिटि अध्यक्ष बद्री ढुङ्गानाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्