आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य कमल बहादुर खड्काको ममतामयी माता तथा हुमादेवि खड्काकी सासुआमा पदम कुमारी खड्काको निधन प्रति दुःख व्यक्त गर्दै आज घरमै पुगेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ३ गुठी निवासी खड्काको निधन भएको १३ औं दिनको पुण्यतिथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार डिल बहादुर कार्की, संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अन्जु सचिव ललिता थापा, सञ्चालक अम्बिका जिसी र शान्ति श्रेष्ठले शेयर सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप १० हजार स्वर्गीय खड्काको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।
आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।