राष्ट्रिय स्वातन्त्र पार्टी बागलुङको सभापतीमा पौडेल


आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङको सभापतीमा गणेश पौडेल चयन हुँनुभएको छ ।

शनिबार पार्टीका केन्द्रिय सभापती रबि लामिछानेको उपस्थितिमा सम्पन्न जिल्ला भेला पछि गणेश पौडेलको सभापतिमा जिल्ला समिति गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।

समितिको उपसभापतिमा टेक बहादुर कुँवर (रमेश) र सचिवमा समिर पौडेल चयन हुनुभएको छ । अन्य पार्टीको संरचना पार्टीको विधान अनुसार क्रमश चयन गरिने छ । पौडेल नेपाली कांग्रेसको सक्रिय राजनीति छोडेर स्वतन्त्रपार्टीमा लाग्नुभएको हो । पौडेल गायक समेत हुनुहुन्छ ।

अहिलेका पार्टीहरुले गुटबन्धी सृजना गरेको र देश विकासमा उल्लेख्य प्रगती नगरेको भन्दै नयाँ पार्टीमा लागेको जिल्ला सभापती गणेश पौडेलले बताउनुभयो । “पुरना पार्टीबाट जनताको अपेक्षा पुरा हुन सकेन, गुटबन्दीका कारण पार्टी धरासायी बने, युवाले रोजेको र देश निर्माणमा राष्ट्रिय स्वतन्त्र पार्टीले योगदान गर्न सक्छ” पौडेलले भन्नुभयो “अबको विकल्प नयाँ पार्टी र युवा नेतृत्व हो ।”

पौडेलले पार्टी गठन अन्य पार्टीभन्दा फरक भएको बताउदै पालिका स्तरमा पार्टी गठन गरेपछि मात्रै जिल्लाले पूर्णता पाउने बताउनुभयो ।

जिल्ला भेलालाई सम्बोधन गर्दै रबि लामिछानेले आफ्नो पार्टीले देशको नेतृत्व गर्न सकेमा भष्ट्राचारीहरुलाई जेल कोच्ने बताउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *