बानपाका पूर्व जनप्रतिनिधि र कर्मचारी सहित पाँच जना बिरुद्ध भष्ट्राचार आरोपमा मुद्दा दर्ता

आदर्श अनलाइन, बागलुङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि सहित पाँच जना विरद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा ढुङ्गा, गिट्टी तथा बालुवा विक्रि बापत बागलुङ नगरपालिकालाई हानी नोक्सानी हुँनेगरी गण्डकी प्रदेशको कानून् बमोजिम तोकिएको दर भन्दा कम कर उठाएको ठहर गर्दै पूर्व नगर–उपप्रमुख सुरेन्द्र खड्का, तत्तकालिन प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर कुँवर, वडा नम्बर २ का तत्कालिन वडा अध्यक्ष जीवन आचार्य, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजीवि उपाध्याय र तत्कालिन राजश्व शाखा सदस्य सचिव काशिराम शर्मा बिरुद्ध विशेष अदालतमा आरोप पत्र दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार गण्डकी प्रदेशले तोकेको दरभन्दा कम कर संकलन गरी नेपाल सरकारलाई रु. १७ लाख ४० हजार ६६ हानी नोक्सानी पु¥याई भ्रष्ट्राचार जन्य कार्य गरेको पुष्टी हुन आएकाले पूर्व जनप्रतिनिधि र कर्मचारहरुलाई विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।

पूर्व जनप्रतिनिधि कर्मचारीहरुलाई हानी नोक्सानी पु¥याएको रकमको दोब्बर रु. ३४ लाख ८० हजार १३२ जनप्रतिनिधि र कर्मचारीलाई प्रतिव्यक्ति बिगो दाबीगरी मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *