बागलुङ क्षेत्र नम्बर १ बाट एमालेका छ जना सिफारिस


आदर्श अनलाइन, बागलुङ

आगामी प्रतिनिधसभा निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट बागलुङ क्षेत्र नं.१ बाट ६ जना उमेदवार सिफारिस भएका छन् । आज बठेको वैठकले छ जनाको नाम सिफरिस गरेको हो ।

संघीय निर्वाचन समन्वय कमिटिको आईतवारको बैठकबाट पार्टी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहईन्चार्ज मन कुमारी केसी जिसी, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटा, केन्द्रीय सदस्य तथा जिल्ला सह-इन्चार्ज डा.सूर्य पाठक, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज सावित्रा राना, युवा तथा खेलकूद विभागका सदस्य सञ्जाल शर्मा र गण्डकी प्रदेश कमिटि सदस्य राम शर्मा प्रतिनिधसभा सदस्य पदका उमेदवारका सिफारिस हुनु भएको प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटिका संयोजक तथा जिल्ला उपसचिव गणेश थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *