सचेत हुनुस् है ! म्याग्दीमा पहिलो पटक भेटिए टाइफसका बिरामी

आदर्श अनलाइन, म्याग्दी

गण्डकी प्रदेशको म्याग्दी जिल्लामा पहिलो पटक स्क्रब टाइफसको संक्रमित भेटिएको छ।
बेनी नगरपालिका–९ की ६६ वर्षीया महिलामा स्क्रब टाइफसको संक्रमण भेटिएको हो।

बेनी अस्पतालमा आएका तीनजना शंकास्पद बिरामीलाई जाँच गर्दा ती महिलामा ण्स्क्रब टाइफस पोजिटिभ भेटिएको डा.सुदिप अधिकारीले जानकारी दिनुभयो। ज्वरो निको नभएपछि उपचारको क्रममा अस्पतालमा आउँदा स्क्रब टाइफसको संक्रमण भेटिएको उहाँले बताउनुभयो। जनचेतनाको अभावले यसको बिरामी बढ्न सक्ने उहाँको भनाइ छ।

स्क्रब टाइफसका बिरामीमा आँखा रातो हुने, झाडापखला लाग्ने, टाउको दुख्ने, पसिना धेरै आउने, किराले टोकेको ठाउँमा रातो डाबर जस्तो समस्या देखिने भएकाले यस रोगबारे सर्वसाधरणलाई जानकारी गराउनुपर्ने देखिएको छ । मुसाबाट सर्ने भएकाले घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, मुसा नियन्त्रणको लागि उपयुक्त विधि अपनाउने, मुसाको बासस्थान भत्काउनुपर्ने अस्पतालका अर्का डा. मनोज घिमिरेले सुझाव दिनुभयो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *