शिक्षामन्त्री पौडेल बागलुङका दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस

आदर्श अनलाइन, बागलुङ
नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आगमी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ ।

बागलुङमा दुई संघीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाको दुईवट निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको हो ।

मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचति हुनुभएको थियो । पौडेलको स्थायी घर बागलुङ क्षेत्र नम्बर १ मा पर्दछ ।

नेकपा माओवादी केन्द्र बागलुङका अनुसार बागलुङ क्षेत्र नम्बर एक बाट मन्त्री पौडेल सहित कृष्ण केसीको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरिएको नेकपा माओवादी केन्द्र बागलुङ जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिनुभयो ।

इन्चार्ज शर्माका अनुसार बागलुङ क्षेत्र नम्बर २ बाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल सहित गण्डकी प्रदेशका भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढाको नाम समेत सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्रका हिसावले क्षेत्र नम्बर दुईले र भूगोलका हिसाबले क्षेत्र नम्बर एकले सिफारिस गरेको हो । यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (क) का लागि दुई जनाको नाम सिफारिस गरिएको छ ।

उक्त प्रदेशसभा सदस्यका लागि यज्ञ वल्भ शर्मा र चक्रपाणी कंडेले सिफारिस हुनुभएको छ । यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का कुलचन्द्र शर्माको नाम सिफारिस गरि पठाइएको जिल्ला इन्चार्ज शर्माले बताउनुभयो ।

बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा क र ख का लागि उम्मेदवारहरुको नाम सिफारिसका लागि छलफल भइरहेको माओवादी केन्द्र बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *