आदर्श सञ्चार : डिजिटल यात्राका तीन वर्ष र थप संकल्प


प्रकाशकीय : आदर्श सञ्चार सहकारी बहुआयामिक उद्धेश्य र लक्ष्य बोकेर स्थापित संस्था हो । नेपाली समाजमा देखिएको आर्थिक दुरीलाई घटाउने मात्र होइन, सञ्चार सहकारी मार्फत सञ्चार माध्यमको संस्थागत विकास, सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता यसको अर्को मूख्य ध्येय हो । र त डेढ दशक अघिदेखि धौलागिरी जागरण अर्धसाप्ताहिक (हाल दैनिक पत्रिका) र त्यसको केही समय पश्चात रंगिन कलेवरको अग्रसर मासिक –हाल साप्ताहिक) पत्रिकाको रुपमा प्रकाशित छ ।

चार वर्ष अघि समय र समाजको माग र आवश्यकता अनुसार डिजिटल दुनियाँलाई पछ्याउँदै आदर्शले आफ्नो नामकै ब्राण्डमा आदर्श सञ्चार डट कम (डिजिटल पत्रिका) प्रारम्भ गरेको थियो । यस अनलाइन आजदेखि तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । अर्धसाप्ताहिक पत्रिकाबाट ‘क’ बर्गको अखबार हुँदै डिजिटल पत्रिका सञ्चालन प्रकाशन सम्मको आदर्श सञ्चारको अनवरत यात्रामा पाठक, वितरक, विज्ञापनदाता, सञ्चालक, शेयर सदस्य, सम्बद्ध पत्रकार, कर्मचारी र सबै शुभचिन्तकको अपार साथ, सहयोग, स्नेह र हौसलाका लागि हामी कृतज्ञ छौँ ।

पत्रकारिता सत्ता, शक्तिलाई खुसी पार्न सक्ने पेसा होइन । यो त समाज, देश र जनतालाई केन्द्रमा राखेर निर्भय र निष्पक्ष पूर्वक लेखन र आवाज मार्फत रखबारी गर्ने पवित्र पेसा हो । यसक्रममा कतै न कतै, कुनै न कुनै विन्दुमा सत्ता, शक्ति या स्वार्थ प्रेरित पात्र र प्रवृत्ति सँग आमन्ने सामन्ने भइन्छ, यसबेला निःसन्देह हमेशा हामी जनता र समाजकै पक्षमा अविचलित उभिएका छौ, उभिरहने छौ ।सत्ता, शक्ति या खराब नियत र प्रवृत्ति भएकासँग हाम्रो कुनै पूर्वाग्रह छैन, प्रश्न र खबरदारी स्वभाविक रुपमा थिए, छन् र भोलिका दिनमा पनि निरन्तर रहिरहनेछ । साथै, आगामी दिनमा अझै समय सापेक्ष खोज, अनुसन्धानमूलक समाचार, निर्भीकता, वस्तुनिष्ठ र थप स्थलगत रिपोर्टिङ गरेर पत्रकारिता मार्फत इमान्दार भूमिका निर्वाह गर्न प्रयासरत रहने प्रण गर्दछौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *