तीन वर्षमै चुहिन थाल्यो घरेलु कार्यालयको भवन


आदर्श अनलाइन, बागलुङ

एउटा सरकारी कार्यालय भवन निर्माण गरेको कती वर्षपछि मर्मत गर्नुपर्ला ? धेरैको जवाफ आउछ सरकारी मापदण्डमा बनेको पक्की भवन १०/१५ वर्ष त केही मर्मतै गर्नु पदैन ।

तर घरेलु तथा साना उद्योग कार्यालय बागलुङको भवन निर्माण सम्पन्न भएको तीन वर्षमै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । भवन भित्र पानी पसेर रङ्ग संगै प्लाष्ट उप्किएको छ भने शौचाल वरपरको भाग मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । भवनको छत समेत चुहिने गरेको छ ।

झट्ट बाहिरबाट हेर्दा भवन शुन्दर देखिएपनि भवन भित्र पानी पस्ने समस्याले गर्दा भवनको भित्र पट्टी जीर्ण देखिन थालेको छ । भवनमा पानी छिर्नेे समेत समस्या रहेको छ । भवन भित्र रहेको शौचालय तथा पाइप जडान राम्रोसंग नहुँदा पानी चुइएको देखिन्छ । पानीका कारण भवनको भित्ता कुरुप बनेको छ भने रङ्ग बिग्रेर फोका उठेको छ ।

जीर्ण रहेको घरेलु तथा साना उद्योग कार्यालय भूकम्पले भत्काएपछि भवनको पुननिर्माण भएको हो । भवन पुननिर्माण सम्पन्न भएर २०७६ भदौ २० गते गण्डकी प्रदेश सरकारका तत्कालिन उद्योग, पर्यटन वन तथा बातावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्नुभएको हो ।

भवनको पहिलो तलाकै भित्तामा प्लाष्टक उप्किएर भवन जीर्ण देखिएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका सूचना अधिकारी विष्णुनाथ शर्माले जानकारी दिनुभयो ।

“सेवाग्राहीले समेत भवन विग्रिसकेछ भन्नुहुन्छ, भवनको बाहिर मन्त्रीको नाम सहितको उद्घाटन बोर्ड छ, सबैले नयाँ भवन कसरी बिग्रिको भन्नुहुन्छ, भित्ताको प्लाष्टरमा छोएपछि प्लाष्टर भुइम झर्छ ।”

शर्माका अनुसार भवन तत्कालै मर्मत गर्न आवश्यक रहेको छ । भवन रु. एक करोड ७० लाखमा पुननिर्माण भएको थियो । भवन जिल्ला आयोजना कार्यान्वयन इकाई भवनले ठेक्का मार्फत निर्माण गरेको छ । भवन निर्माण गर्दा कमसल सामाग्री प्रयोग गरेका कारण भवनको गुणस्तर कमजोर भएको कार्यालयको भनाई छ । भवनको छत चुइने, झ्याल ढोका नलाग्ने लगायतका समस्या समेत रहेको घरेलु तथा साना उद्योग कार्यालय बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *