एबिसी जाने बाटोमा आकर्षक दोभान गेस्ट हाउस

आदर्श अनलाइन, पोखरा

अन्नपूर्ण आधार शिविर जाने बाटोमा पर्छ दोभान । यहीं छ दोभान गेस्ट हाउस । लोअर दोभानको यो गेस्ट हाउस निकै पुरानो र विश्वसनीय यो गेस्ट हाउस हालै पुनसंरचना गरिएको छ । अन्नपूर्ण पदमार्गको यो गेस्ट हाउसमा अत्याधुनिक सेवा सुविधा प्रदान गरिने गेस्ट हाउसका म्यानेजर अविनाश गुरुङ बताउँछन् ।

अन्नपूर्ण आधार शिविर जानु भनेको हिमालको काखैमा जानु हो । तर उकालो ओरालो र नदीको किनार हुँदै जाँदा सबै ठाउँबाट हिमाल देखिन्न । ‘दोभान गेस्ट हाउसको विशेषता हिमाली दृश्य पनि हो,’ म्यानेजर गुरुङले भने, ‘हाम्रा कोठाबाटै पनि हिमाल देखिन्छ ।’ गेस्ट हाउस सञ्चालक शंकरमान गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को नियमभित्र रही ६० लाख खर्च गरेर गेस्ट हाउस पुनसंरचना गरेका हुन् ।

पोखराबाट अन्नपूर्ण आधार शिविर जाँदा मोटरमै झिनु तातोपानीसम्म जान सकिन्छ । त्यसपछि भने पैदलयात्रा सुरु हुन्छ । झिनुबाट ९ घन्टापछि लोअर दोभान आइपुग्छ । २५ सय मिटर उचाइको त्यही ठाउँमा छ दोभान गेस्ट हाउस । दोभान कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ११ मा पर्छ । दोभानबाट ६ घन्टा हिँडेपछि अन्नपूर्ण आधार शिविर (एबिसी) पुगिन्छ ।

५ जनालाई रोजगारी दिइरहेको गेस्ट हाउसमा ओपन किचन छ । ‘ओपन किचन हाम्रो गेस्ट हाउसको झनै राम्रो विशेषता हो,’ म्यानेजर गुरुङले भने, ‘स्वदेशी विदेशी पाहुनाहरुले आफै हाम्रो भान्छामा कसरी के पकाइएको छ भन्ने देख्न सक्नुहुन्छ, हामीले खानाको हाइजिनमा विशेष ध्यान दिएका छौं ।’ तातोपानी, सुरक्षा, वाइफाई, लन्ड्री लगायत आफ्नो गेस्ट हाउसका अरु सुविधा भएको जानकारी उनले दिए । गेस्ट हाउसले एक रातमा दर्जनौं पाहुनालाई बासको सुविधा दिने क्षमता राख्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *