बागलुङमा जेसीज सप्ताह शुरु, दुई युवालाई सम्मान

आर्दश अनलाइन, बागलुङ
बागलुङमा यस वर्ष पनि जेसीज सप्ताह बिभिन्न कार्यक्रमका साथ शुरु भएको छ । युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय जेसीजले यस बर्षपनि बिभिन्न कार्यक्रमका साथ सप्ताह शुरु भएको हो ।

बागलुङ जेसीजको आयोजनामा शनिबारदेखि शुरु भएको जेसीज सप्ताह–२०२२ को पहिलो दिन शनिवार सप्ताहको उद्घाटन तथा युवा सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रमको उद्घाटन बागलुङ नगरपािलकाका नगरप्रमुख तथा बागलुङ जेसीजका पुर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठले गर्नु भएको थियो ।

सप्ताह उद्घाटनपछि बोल्दै नगर प्रमुख श्रेष्ठले समाजमा बिधिको शाषन स्थापना गर्नका लागि दरिलो र भरपर्दो संस्था जेसीज भएकाले युवाहरुलाई जेसीजमा आकर्षित गर्नका लागि बागलुङ जेसीजले भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

समाजलाई सकारात्मक रुपमा परिवर्तन गर्नु अहिलेको चुनौती रहेको र यसका लागि युवाहरुको भुमिका आवश्यक भएकाले युवाहरु सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमका बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, म्याग्दी जेसीजका अध्यक्ष सन्दिप खत्री र नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जव्वरबहादुर लामिछानेले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बागलुङ जेसीजका निवर्तमान अध्यक्ष एवँ कार्यवहाक अध्यक्ष आनन्दप्रसाद रेग्मीको अध्यक्षता, मुल संयोजक अञ्जिला श्रेष्ठको स्वागत र महासचिव गणेश महतोको संचालनमा सम्पन्न भएको थियो । सप्ताहको दोस्रो दिन आईतबार स्वर्गिय सत्यदेवी स्मृति स्लो बाईक रेस प्रतियोगिता हुने महासचिव महतोले बताउनुभयो ।

त्यस्तै बागलुङ जेसीजले प्रत्येक वर्ष गर्दै आएको युवा सम्मान कार्यक्रमबाट यस बर्ष बागलुङका दूई युवा सम्मानित भएका छन् । बागलुङ जेसीजले आयोजना गरेको जेसीज सप्ताहको पहिलो दिनको कार्यक्रम अन्तरगत समाजलाई केहि योगदान पु¥याएका दुई युवाहरुलाई सम्मान गरेको हो ।

युवा सम्मान कार्यक्रम अन्तरगत जेसीजले सानै उमेरमा पनि कार्यालय प्रमुखको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नु भएका यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापा र व्यवसायी सुनिता खड्कालाई सम्मान गरेको थियो ।

बानपा ११ रायडाँडा निवासी थापालाई निजामति कर्मचारीको तर्फबाट र बानपा ३ निवासी खड्कालाई महिला सफल व्यवसायीको तर्फबाट सम्मान गरिएको जेसीजका महासचिव गणेश महतोले जानकारी दिनुभयो ।

सो अवसरमा जेसीजले जेसीजमा लामो समय काम गरेर जनप्रतिनिधी भएका व्यक्तिहरुलाई पनि सम्मान गरेको थियो । जनप्रतिनिधी सम्मान अन्तरगत बागलुङ जेसीजका पुर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, म्याग्दी जेसीजका पुर्व अध्यक्ष उत्तमकुमार कर्मचार्यलाई सम्मान गरेको थियो ।

त्यसैगरि म्याग्दी जेसीजका सदस्य भीम बराइली, पर्वत जेसीजका अच्युत तिवारी, सन्तोष कार्की र बिष्णु अर्याललाई सम्मान गरेको थियो । कार्यक्रमको सहजीकरण बागलुङ जेसीजका सदस्य ताराप्रसाद शर्माले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *