चारबुँदे सहमती पछि खुल्यो बागलुङ नगरखानेपानीको तालबन्दी

आदर्श अनलाइन, बागलुङ

शुद्ध खानेपानीको माग गर्दै बागलुङ नगरपालिकाको बजार क्षेत्रमा खानेपानी बितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाको कार्यालयमा लगाइएको चाँबी तीन दिनपछि खुलेको छ ।

शुद्ध खानेपानीको माग गर्दै शुक्रबार संस्थाको अध्यक्ष, प्रबन्धक र समितिको बैठक कक्षमा लगाइएको ताला चारबुँदे सहमती संगै आइतरबा खुलेको छ । वितरण गरेको पानी धमिलो, अशुद्ध र खान योग्य नभएको नागरिकको गुनासो भइरहदा सम्म नगरखानेपानीले अटेरी गर्दै नागरिकको स्वास्थ्यमाथी खेलवाड गरेको भन्दै राष्ट्रिय युवा संघ बागलुङ नगरकमिटिले शुक्रबार कार्यालयमा ज्ञापन पत्र सहित तालाबन्दी गरेको थियो ।

खानेपानीको परिक्षणका क्रममा समेत कोलिफर्म भेटिदै आएको छ । बागलुङ बजारमा बितरण गर्दै आएको पानी अशुद्ध भएको, आम नागरिकको स्वास्थ्यमाथी खेलवाड गरेको, संस्थाको आर्थिक प्रणाली अपारदर्शी भएको र अधिवेशन नगरेको भन्दै राष्ट्रिय युवा संघ नेपाल बागलुङ नगर कमिटिले तालाबन्दी गरेको हो ।

आइतबार कार्यालयमा राष्ट्रिय युवा संघ बागलुङ नगर कमिटि र नगरखानेपानी बीच चार बुँदे सहमती संगै ताला खुलाइएको राष्ट्रिय युवा संघ बागलुङ नगर कमिटि अध्यक्ष निकेश अधिकारीले बताउनुभयो ।

खानेपानी र युवा संघ बीच तत्कालै खानेपनी वितरण प्रणलीलाई सुधार गर्ने र आगम िमाघ मसान्त भित्र शुद्ध खानेपानी वितरण गर्ने, नगर खानेपानीको विधान संसोधन पश्चात अधिवेशन गर्ने, रिक्त रहेको प्राविधक नियुक्त गर्ने र लेखा तथा सुपरीवेक्षण समिति गठन गर्ने समहती संगै तालाबन्दी खुलाइएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *