गाउँपालिका सभा सञ्चालन र कानुन निर्माण सम्बन्धी गोष्ठी

आदर्श अनलाइन, बागलुङ
गाँउपालिका राष्ट्रिय महासंघको आयोजनामा गाउँपालिका सभा सञ्चालन र कानुन निर्माण सम्बन्धी २ दिने कार्यशाला गोष्ठी आइतवार बागलुङमा सम्पन्न भएको छ ।

गाँउपालिका सभा सञ्चालनको विधि तथा संवैधानिक व्यवस्था लगायतका विषयमा जानकारी गराउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

संघीय संसद र प्रदेश संसद सञ्चालन प्रक्रिया व्यवस्थित छ, सभा सञ्चालनको प्रक्रिया छ, तर गाउँपालिकाको सभा सञ्चालनको प्रक्रिया भने त्यो भन्दा फरक भएकाले सुधारका लागि सहयोग गर्न गोष्ठी सहयोगी भएको सहभागीहरुले बताएका छन् ।

कार्यशालामा संघीयतामा स्थानीय सरकार : संवैधानिक तथा कानुनी व्यवस्था र सञ्चालन प्रक्रिया अन्तरगत संघीयता र नेपालको संविधान, संविधानमा स्थानीय सरकार सञ्चालन सम्बन्धी व्यवस्था, स्थानीय सरकारका अंगहरु, भूमिका र जिम्मेवारीका विषयमा छलफल भएको थियो ।

यस्तै स्थानीय तहमा कानुुन निर्माण प्रक्रिया र प्रयोग, सभा सञ्चालनको अभिमुखीकरण, भूमिका बाँडफाँड र तयारी, सभाको वैठक सञ्चालनमा अभ्यास, सभामा रहने विभिन्न समितिहरु र तिनको भूमिका लगायतका विषयमा सहजीकरण भएको थियो ।

कार्यक्रममा अधिवक्ता प्रेम प्रसाद रिजाल, प्रशिक्षक पुरुषोत्तम अधिकारी, मालिका गाउँपालिका म्याग्दीका निवर्तमान उपाध्यक्ष खरमाया बिटालु, गाउँपालिका राष्ट्रिय महासंघका तारा गिरीले सहजीकरण गर्नु भएको थियो ।

गण्डकी प्रदेशका बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र कास्कीका १२ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको गोष्ठीमा सहभागिता रहेको थियो ।

कार्यक्रममा बागलुङको काठेखोला, तमानखोला र ताराखोला गाउँपालिका, म्याग्दीको मालिका, मंगला, अन्नपूर्ण र रघुगंगा गाउँपालिका, पर्वतको जलजला र मोदी गाउँपालिका, मुस्ताङको थासाङ गाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *