आदर्श अनलाइन, बागलुङ
बागलुङमा जारी बागलुङ जेसीज २०२२ द्धारा आयोजित जेसीज सप्ताहको तेस्रो दिनमा युवा तथा विद्मार्थीहरुलाई तनाव व्यवस्थापन तालिम सम्पन्न भएको छ । बागलुङ जेसीजको आयोजनामा शनिबार देखी शुरु भएको जेसीज सप्ताह २०२२ अन्तर्गत तेस्रो दिन सोमबार तनाव व्यवस्थापन तालिम सम्पन्न गरिएको छ । कार्यक्रमको उद्घाटन बागलुङ जेसीजका पुर्व अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
उद्घाटन पछि बोल्दै श्रेष्ठले युवाहरुको सिप विकास, क्षमता अभिवृद्धिका लागि क्लबले राम्रो काम गरेको बताउनुभयो । उहाँले युवाहरुलाई सानै उमेरमा तनाव सम्बन्धि जीवनमा उपयोग हुने तालिम, शिक्षा, ज्ञान प्रदान गरी सन्देशमुलक कार्यक्रमको आवश्यकतालाई मध्यनजर गरी तालिमको आयोजना गरेकोमा बागलुङ जेसीजलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, पुर्व अध्यक्षहरु निलेश राजभण्डारी, सुदिप राजभण्डारी, जय राजभण्डारी, रोट्रयाक्ट क्लब अफ बागलुङका अध्यक्ष झोकेन्द्र थापा, टिम नेपो बागलुङका संयोजक विरोश क्षत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण बागलुङ जेसीज २०२२का महासचिव तथा प्रशिक्षक गणेश महतोले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्लबका सदस्य तथा विभिन्न विद्मालयका विद्मार्थीहरु गरी १५० जना युवा तथा विद्मार्थीहरुको सहभागिता रहेको तनाव व्यवस्थापन तालिमका संयोजक तथा बागलुङ जेसीज २०२२ का तालिम संयोजक सौरभ श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रम बागलुङ जेसीजका कानुनी सल्लाहकार सुरेन्द्र शाक्यको अध्यक्षता, मुल संयोजक अञ्जिला श्रेष्ठको स्वागत मन्तव्य तथा कार्यक्रम संयोजक सौरभ श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । सप्ताहको तेस्रो दिन मंगलबार वाइवाइ नृत्य प्रतियोगिताको आयोजना गरिएको कार्यक्रमका संयोजक सोनी कार्की (विन्दा) ले जानकारी दिनुभयो ।