खेमराज गौतम, बागलुङ
नेपालमा आफ्नो अध्यन तथा अनुसन्धान अनुसारको पेशा तथा व्यवसाय गर्ने नागरिकहरु कमै मात्रमा भेटिन्छन् । विशेष गरी कृषि तथा पशुपालन गर्नेहरुले कृषि र पशुपालनको विषय पढेको नगन्य मात्रमा भेटिन्छन् ।
कृषि र पशुको ज्ञान बिनै फर्म सञ्चालन गर्दा किसानहरुले रोग तथा प्रकोपका कारण करोडौ नोक्सानी समेत झेल्नु परेको छ । कृषि तथा पशु अध्ययन गरेकाले कृषि गर्नु हुँदैन बरु जागिर खानु पर्दछ भन्ने प्रचलन समेत व्याप्त छ ।
तर बागलुङ नगरपालिका–११ रायडाँडाका चिरन्जीवी केसीले पशु प्राविधिकको जागिर छोडेर बाख्रा फर्ममा लगानी विस्तार गर्नुभएको छ ।
सात वर्ष पशु प्राविधिकको रुपमा जागिर खानुभएका केसीको अहिले आफ्नै बाख्रा फर्म छ । उहाँको रायडाँडा बोयर बाख्रा तथा बहुउदेश्यीय कृषि फर्ममा अहिले १०० बाख्रा, बोका तथा पाठा रहेका छन् । उहाँले उत्पादन गरेको बोयर जातको बोका तथा बाख्रा मासुका लागि भन्दा बढी नश्ल सुधारका लागि महङ्गो मुल्य तिरेर लैजाने गरेका समेत छन् ।
आफै पशु प्राविधिक भएर बाख्रा फर्म चलाउदा पशुमा आउने समस्याको समाधान आफै गर्न सकिने भएकाले बाख्रापालनमा लगानी बिस्तार गर्दै आएको उहाँको भनाई छ ।
“रायडाँडा बाख्रा पालनका लागि उपयुक्त हावापानी भएको स्थान हो, परम्परागत खयर जातको बाख्रालाई मैले विबस्तारै कोयर जातमा विकशित गरेको हुँ” केसीले भन्नुभयो “२०७५ सालमा अष्ट्रेलियाबाट पाँच लाखमा एक बोका र एक बाख्रा खरिद गरेर ल्याएपछि व्यवसायीक वाख्रापालन थालेको हुँ, अहिले मेरो फर्ममा ५२ वटा मात्रै माउ बाख्रा छन्, मंसिर पुस सम्म फर्ममा १५० बोका बाख्रा पुग्छन्, मैले उत्पादन गरेको बोका तथा बाख्रा मासुका लागि भन्दा नश्ल सुधारको लागि बिक्रि हुँने गरेको छ ।”
केसीले २०७५ सालमा रायडाँडा बोयर बाख्रा तथा बहुउदेश्यीय कृषि फर्म दर्ता गरेर नश्ल सुधारका लागि अष्ट्रेलियाबाट रु. पाँच लाख खर्चेर एक बोका र एक बाख्रा खरिद गरेर र्फम शुरु गरेको बताउनुभयो ।
अहिले कृतिम गर्भाधारणका लागि अष्ट्रेलिया र अफिकाका दुई वटा बोका रहेका छन् । कृतिम गर्भाधारणबाट बोयर जागतको अष्ट्रियलिय, अफ्रिक दुईवटा बोका छन् । “कृतिम गर्भाधारण र नश्ल सुधारले मासु उत्पादनमा समेत उल्लेख्य वृद्धि हुने गरेको छ, नौ महिनामा स्थानीय जातको बोकाको ३० केजी मासु उत्पादन हुन्छ भने बोयर जातको बोकाको सोही अवधीमा ४० केजी मासु उत्पादन हुन्छ” केसीले भन्नुभयो “अहिले उत्पादन भएका बोयर बोका र बाख्रा नश्ल सुधारको लागि लैजाने गरेका छन्, नश्ल सुधारका लागि निकै महङ्गोमा विक्रि हुने गरेको छ ।” त्यसैलाई मासुमा विक्रि गर्दा निकै घाटा हुन्छ केसी भन्नुहुन्छ दुई वर्ष नश्ल सुधारका लागि विक्रि भयो, अहिले आर्थिक संकटका कारण नयाँ फर्म नखोल्दा नश्ल सुधारका लागि बोका र बाख्रा विक्रि घटेको त, मासुका लागि भने बजारको अभाव छैन ।”
गत वर्ष १६० केजीको बोयरजातको अष्ट्रेलियन बोकालाई रु. चार लाखमा विक्रि गरेको केसीको भनाई छ । अहिले उहाँको फर्ममा ५२ वटा बाख्रा व्याउनका लागि तयारी अवस्थामा रहेकाले कात्तिक सम्म उहाँको र्फममा १५० बाख्रा हुनेछन् । उहाँले यही दशैको मुखमा ३० वटा बोका बाख्रा विक्रि समेत भइसक्ने बताउनुभयो ।
रु.२२ लाख खर्चेर आधुनिक खोर निर्माण गर्नुभएको केसीको बोयर बाख्रा फर्ममा मात्रै एक करोड लगानी छ । उहाँले हाल सम्म कमाएको रकम फर्ममै खर्च गरेको बताउनुभयो । “शुरुमा नश्ल सुधारका लागि विक्रि हुँदा निकै कमाई भयो, मेले घर खर्च कटाएर पुरै फर्ममा लगाउदा अहिले करोड बढी लगानी भइसक्यो” उहाँले भन्नुभयो “वार्षिक १२ लाख सम्म कमाई भएपनि फर्म खर्च घटाउदा ६ लाख सम्म वार्षिक नाफा भइरहेको छ तर घर खर्च घटाएर अरु नाफा फर्ममै लगानी गरेको छु ।”
उहाँले फर्म अनुसारको अनुदान भने नपाएको बताउदै हाल सम्म जम्मा रु. एक लाख ५० हजार मात्रै अनुदान पाएको बताउनुभयो । उहाँले आफ्नो फर्म मासुको उत्पादन भन्दा पनि नश्ल सुधारका लागि बोका बाख्रा उत्पादनमा बढी जोड दिइएको बताउनुभयो ।
३६ वर्षिय केसीले भेटेनेरी जिटिए अध्ययन गरे पश्चात ६ वर्ष जाखिर समेत खानुभएको थियो । पछि आफ्नो ज्ञान अनुसारको व्यवसाय आवश्यक रहेको भन्दै अहिले जागिर छोडेर बाख्रा पालन गर्दै आउनुभएको हो । आफ्नो र भाडाको गरी ४७ रोपनी जग्गामा उन्नत जातको घाँस लगाउनुभएको केसीले एक भैसी र एक गाई समेत पाल्नुभएको छ ।
व्यावसायीक मौरीपालन समेत गर्नुभएका केसीको मौरीमा आएको रोग प्रकोपका कारण फर्म रित्तिएपछि अहिले पुनः ६ घारबाट मौरीपालन थाल्नुभएको छ ।
उहाँको आफ्नो १५ रोपनी र भाडाको ३२ रोपनी जग्गामा उन्नतजातका घाँस किम्बु र राइखन्यु लगायतको घाँस लगाउनुभएको छ । “पशुमा विभिन्न रोगको समस्या हुन्छ, भनेको समयमा प्राविधिक नआउदा ठुलो नोक्सानी समेत हुन्छ, तर आफैले पढेको पेसा गर्दा समस्या भएन” उहाँले भन्नुभयो “नेपालमा पढाई अनुसारको जागिर खाने चलन बढी भएपनि पढे अनुसारको पशुपालन गर्नेहरु नगन्य मात्रमा रहेको पाइयो ।”
बाख्राफर्मबाट निस्केको मल अहिले सामान्य मूल्यमा विक्रि गरेको बताउदै फर्म सञ्चालक केसीले जैविक मल उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ । उहाँले बाख्रा, भैसी र पातपतिङ्गर मिलाएर जैविक मल उत्पादनको लागि प्रविधि भित्राउन थालिएको बताउनुभयो ।