आदर्श अनलाइन, बागलुङ
नेपालमा पछिल्लो समय महामारीको रुपमा फैलन थालेको डेंगी रोग रोकथामा लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतना सहित ‘डेंगी नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ ।
डेंगीको संक्रमणबाट बच्नका शुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सेचतनामुलक कार्यक्रम वडा वडामा पु¥याउन थालिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
स्वास्थ्य कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माका अनुसार जिल्लामा उच्च गतिमा फैलिएको डेंगी संक्रमणबाट बच्नका लागि बिहीबारबाट विभिन्न सचेतना मुलक अभियान र डेंगीको लार्भा नष्ट अभियान थालिएको हो ।
“बागलुङमा डेंगी संक्रमण बढ्दो क्रममा छ, पछिल्लो १० दिनमा २० जनामा संक्रमण भइसकेको छ, रोकथामा लागि हामीले बिहीबारबाटै शुरु गरेका छौं, सरोकारवाला निकायलाई डेंगी सचेतना गराएका छौं भने पत्रकारहरु मार्फत नागरिकलाई डेंगी सचेतना गराएका छौं” शर्माले भन्नुभयो “नागरिकहरुले घरबाटै डेंगी संक्रमण रोक्न अभियान थालेको छौं, यसलाई वडा तहमै पु¥याइने छ, घरमा जमेको पानी र पानीमा रहेका लार्भालाई खोजौ र नष्ट गरौ भन्दै घर घरमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवाला निकाय पठाइनेछ ।”
स्वास्थ्य कार्यालयका अनुसार शुक्रबारदेखि जिल्लाका सबै पालिकामा सचेतना मुलक कार्यक्रम गर्ने, स्वास्थ्य सूचना प्रशारण गर्ने, विद्यालयमा स्वास्थ्य शिक्षा दिने लगायतका कार्यक्रम तय गरिएको छ । धौलागिरी अस्पतालका बागलुङका डा. रायना श्रेष्ठका अनुसार एडिज नामको लामखुट्टेको टोकाइबाट सर्ने उक्त रोगबाट बच्नुको पहिलो उपायनै लामखुट्टेको टोकाईबाट बच्ने हो, त्यसको अलवा झुलको प्रयोग गर्ने र घर वरपर पानी जम्न नदिनु हो ।
डेंगी एक भाइरसद्वारा लाग्ने संक्रमण हो, जुन एडिज नामको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन् । डेंगी भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेकोमा यी सबै नेपालमा पाइने गरेका छन् ।
एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन्, त्यसैले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ यो रामखुट्टेबाट मात्रै डेंगी रोग संक्रमण हुँने गरेको छ ।
यसले दिउँसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ । पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ ।
आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब ३ सयवटा अण्डा पार्दछ । डेंगी रोग लागेपछि अचानक ज्वरो आउने, वाकवाकी लाग्ने र अचेत हुँने लगायतका लक्ष्यणहरु देखा पर्दछन् ।