स्वामी आनन्द अरुणलाई बागलुङमा भव्य स्वागत (तस्विरमा)

आदर्श अनलाइन, बागलुङ

ओशो तपोवनका संस्थापक आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणलाई सोमबार बागलुङमा भव्य स्वागत गरिएको छ । ओशो अमृतम ध्यान केन्द्र बागलुङले आयोजना गरेको जीवनोपयोगी आध्यामिक सत्संग कार्यक्रममा प्रवचनका लागि उहाँ सोमबार दिउँसो बागलुङ आउनुभएको थियो ।

भगवान ओशो रजनीशबाट ज्ञान प्राप्त गरी बोधिसत्व प्राप्त गर्नुभएका स्वामी आनन्द अरुणलाई बागलुङमा ल्याएर सत्संग कार्यक्रम गर्न लागिएको हो ।

उहाँलाई बागलुङमा पञ्चकन्या, लाखे नाँच, नौमती बाजा र नेवारी संस्कृति अनुसार भव्य स्वागत गरिएको हो । आनन्द अरुणका सन्यासीहरुले आन्त अरुणको जयजयकार गर्दै बागलुङमा स्वागत गरिएको हो ।

तस्बिर खेमराज गौतम ‘सुवास’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *