बागलुङमा बढ्दो डेङ्गु संक्रमण, परिक्षणका लागि किटको अभाव


आदर्श अनलाइन, बागलुङ

बागलुङमा डेङ्गु रोगको संक्रमण बढ्दै गएको छ । बागलुङमा डेङ्गु रोगका लक्षण भएका विरामीहरुको समेत धौलागिरी अस्पतालमा चाप बढी रहेको पाइएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा भदौं महिनामा मात्रै २९ जनामा डेङ्गु रोग संक्रमण पुष्टी भएको छ । प्रयाप्त रुपमा डेङ्गु परिक्षणका लागि किटको अभावले गर्दा धेरै संकास्पद विरामीहरुको परिक्षणमा भने समस्या भएको छ ।

जिल्लामा हाल सम्म यो वर्षमा ३५ जनामा डेङ्गु संक्रमण पुष्टी भएको र ९ जनाको अस्पतानै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको र एक जनाको जटिल अवस्थाका बीच थप उपचारका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरिक्षक तथा निमित्त कार्यालय प्रमुख लक्ष्मी शर्माले जानकारी दिनुभयो ।

“शुरुमा किटको अभाव भएको थियो, अहिले केही मात्रमा किट आएको छ भने थप आउने क्रम जारी छ तर डेङ्गुका विरामी दिनानुदिन बढ्दै जादा प्रयाप्त किट आवश्यक हुन्छ” शर्माले भन्नुभयो “अहिले डेङ्गु लक्षण देखिएका विरामीको रगत परिक्षण गर्ने र रगतमा संकासपद देखिएमा मात्रै किटको प्रयोग मार्फत परिक्षण गर्ने गरिएको छ ।”

स्वास्थ्य कार्यालयमा अहिले जम्मा ३० थान मात्रै किट रहेको छ भने थप २०० किट आउने क्रममा रहेको छ । जिल्लामा डेङ्गु रोगको लक्षण सहितका विरामीहरुको संख्या ह्वातै बढेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो ।

“अहिले अस्पतालमा ज्वरोका विरामी, वाकवाकी आउने, तथा रिङ्गाटा लाग्ने विरामीको संख्यामा वृद्धि भएको छ, तर सबैमा डेङ्गु संक्रमण भने देखिएको छैन, हामीले रगतका माध्यमबाट र अत्याधिक संकास्पदको किटको माध्यमबाट डेङ्गु परिक्षण गरेका छौं” डा. पोखरेलले भन्नुभयो “अस्पतालले पछिल्लो भदौ महिना सम्म डेङ्गुका जटिल प्रकारका ९ जना विरामीको अस्पताल भर्ना गरेर उपचार गरिसकेको छ, हामी संग परिक्षणका लागि केही किट त छ तर प्रयाप्त भने छैन, ज्वरो आएका सबैलाई किटबाट परिक्षण गर्न सकिएको छैन ।”

डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बागलुङले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामट्टेको लार्भा नष्ट गर्नका लागि पानीको खाल्टा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुँने क्षेत्रहरुमा विशेष ध्यान अपनाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

निरन्तरको वर्षातले खोज र नष्ट गर अभियान प्रभावित भएपनि घाम लागेपछि निरन्तरता दिने तयारीमा स्वासथय कार्यालय रहेको छ । यस्तै पालिका स्तरबाट भने खोज र नष्ट गर अभियानलाई तिब्रता दिन थालिएको छ ।
नेपालमा पछिल्लो समय महामारीको रुपमा फैलन थालेको डेङ्गु रोग रोकथामा लागि विभिन्न सचेतनामुलक कार्यक्रम गर्न थालिएको छ । अहिले शहरी क्षेत्रमा डेङ्गु सचेतनाका लागि माइकिङ गर्ने, पोष्टर तथा पम्पलेट टास्ने लगायतको कार्य गरिएको छ ।

डेंगीको संक्रमणबाट बच्नका शुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सेचतनामुलक कार्यक्रम टोल¥टोलमै पु¥याउन थालिएको छ । स्वास्थ्य कार्यालयले सबै पालिकामा सचेतना मुलक कार्यक्रम थालेको छ भने, स्वास्थ्य सूचना प्रशारण गर्ने, विद्यालयमा स्वास्थ्य शिक्षा दिने लगायतका कार्यक्रम तय गरिएको छ । एडिज नामको लामखुट्टेको टोकाइबाट सर्ने उक्त रोगबाट बच्नुको पहिलो उपायनै लामखुट्टेको टोकाईबाट बच्ने हो, त्यसको अलवा झुलको प्रयोग गर्ने र घर वरपर पानी जम्न नदिनु हो ।

यसले दिउँसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ । पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ । आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब ३ सयवटा अण्डा पार्दछ । डेंगी रोग लागेपछि अचानक ज्वरो आउने, वाकवाकी लाग्ने र अचेत हुँने लगायतका लक्ष्यणहरु देखा पर्दछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *