राम सुवेदी
बुलेट क्रान्ति सुनि भोगि आएको कुरा हो । अव देशमा ब्यालेट क्रान्ति आवश्यक छ । बुलेट क्रान्तिमा नेताले जनताको प्रतिनिधित्व गर्थे । ब्यालेट क्रान्तिमा जनताले नेताको प्रतिनिधित्व गर्नेछन् । बारबार नसुध्रिएको राजनैतिक संस्कृति, परम्परा, प्रचलन र थिति परिवर्तन गर्न अहिलेका यथास्थितिवादी दलहरु जो ब्यालेट र बुलेट दुबैबाट स्थिापित भए । यिनीहरुलाई परिवर्तन गर्न, उनीहरुभित्र रहेको यथास्थितिवादलाई बदल्न, आगामी मंसिर ४ गते नेपाली जनताले नेपालको इतिहासमा एकपटक आ–आफ्नै ठाउँबाट, स्वतःस्फूर्त ब्यालेट क्रान्ति गर्नुपर्ने छ ।
पटक पटक अहिले सत्तामा रहेका पार्टिहरुलाई राज्यको पुहँचमा पुर्यायौं । साँसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रिपतिका रुपमा देख्यौं । त्यसो बनाउने नेपाली जनताको आस्थाले भरोसा थाम्न सकेन । देश बनाउने चर्का र उत्तेजित नाराहरु, नेताका बोली बचन र प्रतिवद्धताहरुमा तालि ठोक्यौं । यस्ले होला कि उस्ले होला भन्दै दल अदलबदल गरेर सत्तामा हेर्यौं । तर यहाँ रहेका र भएका दलहरु आफूलाई महान क्रान्तिकारीदेखि, राजनैतिक परिभाषाका प्रतिगमनकारीहरु सबै उस्तै रहे । उनीहरुको कर्म देश बनाउने, जनताको अवस्था बदल्ने रहेन । आस्था बदलबदल गराएर चुनावी भ्रमका शब्दजालहरुबाट यि जालीहरुले देश कंगाल बनाए । ब्यालेट क्रान्ति जनताबाट हुन्छ । आस्थाको हतबन्दी र यथास्थितिवादीहरुको साथ संगतबाट मुक्त बनाउन बाध्य बनाएका तपाई हाम्रा विचार, आस्था र शिद्धान्तको राजनीतिबाट सुरुभएको मनोक्रान्तिले अव यथास्थितिवादी राजनीतिलाई ठोकठाक गर्नुको विकल्प छैन । बुलेट क्रान्तिमा जनताका छोराछोरी हरबार शहिद बन्यौं । यस पटकको ब्यालेट क्रन्तिले देश निर्माण नगर्ने अल्छि नेताहरुलाई शहिद बनाएर हेरौं ।
देशमा भएका राजनैतिक आन्दोलन, क्रान्ति र पटक पटक फेरिएको व्यवस्था परिवर्तनमा धेरैलाई नायक बनाउने हामी जनता हो । जो जस्लाई नायक बनायौं, उनीहरुबाटै तपाई हाम्रो आसा, भरोसा र देश परिवर्तन प्रतिका सपनाहरु गायव भए । काँग्रेस पढ्यौं, भएन । कम्युनिष्ट भैदियौं । वर्गिय तथा सामाजिक उत्थानका शिद्धान्त, नीतिबाट प्रभावित भएर बाम गठबन्धनलाई जितायौं । नेताले त जितेछन् यहाँ जनताले फेरि हारेछन् । दुईदुई पटक भोट हाल्नु परेको संविधानसभा र त्यसबाट चुनिएका दलहरुले एकमना ढंगले एक थान संविधान ल्याउँदा देशमा रहेका दल र त्यसमा आस्थावानहरुलाई खुसियालीको दीपावली गर्न लगाइएको स्मरणमा छ । त्यो संविधानपछिको पहिलो संसद झण्डै दुईतिहाई नजिक थियो । जो अस्थिरताको भूमरिबाट उन्मुक्तिदुने समर्थकहरुको महाआकाँक्षाको परिणाम पनि हो । दुईवर्ष पुग नपुग समयमा त्यही संविधानमा आँखीझ्याल बनाइयो । दुईदुईपटक संसद विघटन हुँदा सरकारमात्र ढलेन, जनताको बुलेट अभिमत समेत ढलाइयो । जनअभिमतले खडाभएका प्रतिनिधिहरु बुख्याचा भए र परमादेशी परिणामले ति बुख्याचाहरुमा ज्यान चढ्यो ।
अहिले राजनैतिक परिवेशमा संसद विघटन गर्ने नेकपा एमाले पाँचदलीय गठबन्धन सरकार र त्यो साँठगाँठको नजरमा प्रतिगमन र आफूहरु अग्रगमनका प्रतिनिधि हौं, भनेर दावा पेश गरिरहेका छन् । जनताको पनि प्रश्न उनीहरुप्रति नहुने कुरै भएन । संसद भत्काउनेहरुलाई सोध्नु, तिम्रो कर्म जनताप्रतिको कि तिमी आफू रजाई गर्ने मनोदशाप्रतिको ? तिमीले भत्काएको संसदप्रति तिम्रो आफ्नै विश्वसनीयता थिएन, अदालतले जन्माएको परमादेशी संसद भवनमा आफै मारेको लासको हड्डी समातेर जनताकै करमा ब्रहमलुट गरयौ किन ? मसानको लोगो छातिमा टाँस्न सुहाउने राजनीति र त्यो आसा भरोसाका पात्र मै हुँ भनेर धोती फेर्दैमा मैले मेरो मरेको आसा भरोसा जगाउन सकिन, यसपटक मैले बुलेट क्रान्ति रोज्दैछु । सचेत चिन्तक वा देशकाखातिर बारबार धोका खाएका निडर आस्थाका बन्दीहरुले त्यो जंजाललाई तोडेर यही जवाफ दिनुपर्नेछ ।
आयो अग्रगामी नामधार गरेका बद्नामहरु पाँचदल बनाएर नौंरंगी बुख्याचा ब्यापार गर्दैछ । यो गठबन्धन सरकारले देखाएको लिला अपरम्पार रह्यो । संसदीय आयु नै सकिन दुईदिन बाँकी रहँदा राज्यमन्त्री नछोड्ने लोभीहरुदेखि संविधानले तय गरेको संख्या मिचेर संघ र प्रदेशमा मन्त्रीको संख्या थप्ने, गाडिघोडा खरिद र उनीहरुको उठवसमा राज्यकोकोष ब्रहम्लुट गर्नेसम्म यिनीहरुको चिन्तनमा रह्यो । तलव खान र खुवाउनका लागि काम न काजका राजनैतिक नियुक्ति जो माखो मार्दैनन्, त्यस्ता घृणित कार्यका पात्रहरु अझै आफूलाई यि देख्ने, भोग्ने र व्यहोर्ने नेपाली जनताको आँखै अगाडि अग्रगामी भन्छन् । डेड, दुई वर्षमा यिनीहरुको कर्मले देश कता पुग्यो ? जनमनका प्रश्नहरु अव यिनलाई ठड्याउँदै, फेरि उनै पुराना रुपहरु, पुरानै भद्दा नियतीहरु, चुनावमा आउँने तयारी गर्दैछन् । ‘एमालेलाई पाँचदलप्रतिको इगो र पाँचदललाई पाँचदल प्रतिको इगो’ यो त चुनावी परिणामपछि मिलेरै राज्य खाने, खाएकाहरुको चुनावी ‘म्याउँ म्याउँ’ मात्र हो ।
जनतामा भ्रमको व्यापार गर्ने व्यापारी अहिलेका पार्टि हुन् । त्यो कर्म विगतदेखि गर्दै आए । नीति, शिद्धान्त र विचार आफ्नै पार्टिभित्र नमिलेर काटाकारट मारामार गर्नेहरु सत्ताको स्वार्थले गठबन्धन गर्नलागेको नजान्ने र नबुझ्ने अर्को बुख्याचा मतदाता हुनु छैन हामीलाई । बर्गदुस्मनसँग साँठगाँठ त आत्मसमर्पणवादीहरु गर्छन, यो क्रान्तिकारीहरुले भनेको वात होइन ? स्वार्थीहरुलाई मर्नुको विकल्प कोमामा बाँचनु गठबन्धनको स्वार्थ हो । यहाँबाट देश बन्दैन । यिनले जितेर वा हारेर देशमा कुनै फरक नपर्नैभएपछि, सवकका खातिर जनताले बन्दुक देखाउन, बम पड्काउन, कसैको ज्यान हाल्न पो सक्दैन तर मौकामा आएको बुलेट क्रान्ति अवश्य गर्छ र गर्नुपर्दछ । यि यथास्थितिवादी दुवै शक्तिबाट पाँचवर्षमा देशको परिवर्तन सम्भव छैन भन्ने चेतभएकाहरु अभियानका रुपमा बुलेट क्रान्तिको बाटो समातौं । सक्षम, नैतिकवान, हिम्मतिलो, जुझारु, कर्मशील र पढेलेखेका युवाहरु देश बनाउने बाटोमा उद्धेलित भएर नेतृत्व गरौं । राजनीतिले, जो आज नेता बनाउने, उनीहरु पालितपोषितढंगको अघोषित राज्यकोष लुट्ने तर देश र जनताको अवस्था परिवर्तनमा मतलव नराख्ने परिपार्टि मौलायो । यो चिन्तनका विकल्पमा राष्ट्र बनाउन वर्तमान चिन्तनभन्दा फरक उमेद्वारहरु बनौं, बनाऔं र परिवर्तनको अभ्यास सुरु गरौं । राजनैतिक भाषामा के देशमा दलविहिन परिकल्पना गरिएको हो भन्ने प्रश्नप्रति मेरो गुञ्जायस छैन । दल रहन्छन् । आजसम्म उनका प्रतिनिधिले गर्न नसकेको कर्महरु समिक्षा गर्छन् । सोंचमा सुधार सहितको अर्को यात्रामा अहिलेका लायक र जायज मान्छेहरु दलकारुपमा स्थापित हुन्छन् । कंकाल र कलंकहरुको रजाई भत्काउने क्रान्तिका रुपमा बुलेट क्रान्ति भनिएको हो । देश सिस्टममा चल्नुपर्दछ । विधिको शासन कार्यान्वयन भएको हेर्न पाउनुपर्दछ । नेता, ठूला भनिएका मान्छे र त्यसका आसपासको रजाइमा दलालहरु राजकाज गरिरहेको परिवेश छ यसको अन्य भनेको त्यसका पात्रहरुलाई जनतासरह बनायदिने नै हो । देश छोडाउने भनेको होइन् । राजनीति छोडाउने भनेको पनि होईन । एकपटक सत्ता बाहिर राखेर बालेन, हर्क चिन्तन र कर्मको सवकले सुसज्जित गर्ने अभियान हो ।