ओशो सन्यासी ‘मागेर हैन बाडेर खाउ’


आदर्श अनलाइन, बागलुङ

हामीले सन्यासी भन्दासाथ मागेर खाने भन्ने बुझ्छौं । तर विभिन्न धर्म र आस्था अनुसार सन्यासी समेत फरक फरक हुनेगर्दछ ।

सन्यासी भएपछी गृहस्थी जीवन त्याग्नुपर्ने, मागेर खानुपर्ने अवस्थाको अन्त्य गर्दै ओशो सन्यासीहरुले भने मागेर हैन बाडेर खानुपर्दछ अबधारण ल्याएका छन् । योग, आध्यात्म र स्वास्थ्यलाई एकैसाथ अंगालेको ओशोको पछिल्लो समय सन्यासी बन्नेहरुको लहरै रहेको छ ।

ओशो तपोवनका संस्थापक आध्यामिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले अबको सयम सन्यासी बनेर मागेर हिड्नुपर्दछ भन्नेखालको नरहेर एउटा सन्यासीले बाडेर खानु पर्दछ भन्ने मान्यताका साथ ओशो सन्यासीहरु आर्कषित भइरहको बताउनुभएको छ ।

सोमबार बागलुङमा ओयोजना गरिएको सत्संग आध्यात्मिक प्रवचनमा उहाँले ओशो सन्यासीहरु आर्थिक विकासमा समेत जोडिएको बताउदै आफू समेत पेशाले इन्जिनियर भएको बतानुभयो । “आशो सन्यासीहरुले काम छोड्नु, अध्ययन छोड्नु र पेशा व्यवसाय छोड्नु भन्दैनौ, हामी आफ्नो पशा व्यवसायमा कटिबद्ध रहदै देशलाई आर्थिक विकासमा अगाढी बढाउन र बातावरण जोगाउन सहयोग गर्ने हाम्रो उद्देश्य हो, २४ घण्टाको समयमा जम्मा एक घण्टा ध्यान, योग र प्राणयमलाई दिनसके जीवन निकै आनन्दमय भएको आभाष हुनेछ,” आनन्द अरुणले भन्नुभयो “ओशो सन्यासीहरु राम्रो पेशा तथा व्यवसायमा लागिरहेको र केही समय मात्रै ओशोलाई छुट्टाएको पाइन्छ, अब सन्यासी बनेर आमा बुबाको लगानी खेर फाल्ने हैन, आर्थिक समृद्धि तर्फ लाग्ने र आफूसंग भएको बाँडेर खाने गर्नु पर्दछ यो नै ओशोका अनुयायीको मुख्य मन्त्र हो ।”

पछिल्लो समय बातावरण विग्रदै गएकोमा चिन्ता व्यक्त गर्दै ओशो सन्यासीहरुले आफ्नो जन्मदिनमा प्रत्येक वर्ष पाँच वटा रुख रोप्ने नियम रहेको बताउनुभयो ।

आफ्नो मनमा भएको कुण्ठा, लोभ तथा तनावका कारण मानिसहरुले अमुल्य जीवनलाई वर्वाद पारिरहेको बताउदै स्वामी आनन्द अरुणले ध्यान र योगका माध्यमबाट आफूहरुलाई खुसी राख्न सकिने बताउनुभयो ।

प्रवचनमा सहभागीहरुको जिज्ञासा मेटाउदै स्वामी आनन्द अरुणले अबको युग भनेको आध्यात्मिक संगै आर्थिक रुपान्तरणको युग भएको भन्दै सन्यासीहरु जीवन बर्बाद पारेर हिड्न नहुँने बताउनभयो । “ओशो भनेको मानिसको जीवनलाई सरल र खुसी बनाउने माध्यम मात्रै हो, जीवन संगै परिवार र देशलाई समय दिनु पर्दछ भन्ने मात्रै हो, ध्यान, योगले स्वास्थ्यमा सुधार आउनेछ, खुसी नेपालीहरुको संख्यामा वृद्धि हुँनेछ भने कोही भोको हुनेछैनन्, सबैले बाडेर खानेछन् मागेर हैन ।” उहाँले भन्नुभयो ।

ओशो अमृतम ध्यान केन्द्र बागलुङले आयोजना गरेको जीवनोपयोगी आध्यामिक सत्संग कार्यक्रममा प्रवचनका स्वामी आनन्द अरुण पहिलोपटक बागलुङ आउनुभएको थियो ।

भगवान ओशो रजनीशबाट ज्ञान प्राप्त गरी बोधिसत्व प्राप्त गरेका स्वामी आनन्द अरुणका जीवनउपयोगी भनाईबाट यहाँका नागरिकहरुको सोच बदल्न मद्दत गरिएको ओशो अमृतम ध्यान केन्द्र बागलुङकी सञ्चालिका ज्योत्सना शाक्यले बताउनुभयो । उहाँले सबैलाई जिवनउपयोगी प्रवचनका लागि कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ ।

“स्वामी आनन्द अरुण भगवान ओशोबाट ज्ञान लिएर बोधिसत्व प्राप्त गर्नुभएको पहिलो र एक मात्र स्वामी हुनुहुन्छ, उहाँलाई सुन्न र भेट हुनका लागि विभिन्न देशबाट आउने गरेका छन्,” उहाँले भन्नुभयो “उहाँको मुखारवृन्दबाट आध्यात्मिक र जीवनोपयोगी प्रवचन कार्यक्रमले बागलुङमा ओशो प्रतिको आर्कषण बढाएको छ ।”
ओशो रजनीशले प्रतिपादन गरेको सन्यासी हुनु भनेको भौतिक काम र दुनियाँबाट टाढा हुनु होईन भन्ने दर्शनलाई स्वामी आनन्द अरुणले प्रचार प्रचार गरिरहेको उनको भनाई छ । भौतिक सुख सुविधा त्यागेर कुटीमा बस्नु मात्रै सन्यासी होईन भन्ने ओशो रजनीशले भन्नुभएको छ भने आफ्नो जिवन, कर्म र ध्यान संगसंगै लैजान सकिने छ ।

संसारभरका एक लाख ३० हजार बढि व्यक्तीलाई ध्यान र ज्ञान प्रदान गरेर सत्मार्गका लाग्न स्वामी आनन्द अरुणले प्रेरित गरेको गरीसक्नुभएको छ । भौतिक र आध्यात्मिक दुवै क्षेत्रको समन्वय एवं योग र ध्यान मार्फत जीवनको सकारात्मक रुपान्तरणका लागि बागलुङमा आम व्यक्तिहरुलाई प्रेरित गर्नका लागि स्वामी आनन्द अरुण बागलुङ आउनुभएको थियो । उहाँको प्रवचन झण्डै एक हजार भन्दा बढी ओशो प्रेमीले ग्रहण गरेको आयोजकको दाबी रहेको छ ।

स्वामी आनन्द अरुण पेशाले सिभिल ईन्जिनियर हुन् । स्वामी आनन्द अरुण स्वामी सुरु गरेको जन्मदिनमा हरेक व्यक्तिले कम्तीमा पाँच वटा रुख रोप्ने अभियान अहिले वाताबरण संरक्षणका लागि महत्वपूर्ण शिक्षा बनेको छ ।

स्वामी आनन्द अरुणको प्रत्यक्ष निगरानीमा अहिले देशभर एक सय बढि ध्यान केन्द्र र ६ वटा आश्रमहरु सञ्चालनमा रहेको बताईन्छ । स्वामी आनन्द अरुणले विश्वका ३० बढी देशमा समेत ओशो ध्यान केन्द्रमा सञ्चालनमा ल्याएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *