निसीखाेला गाउँपालिकामा वेतिथिको चाङ : नेकपा एमाले

आदर्श अनलाइन, बागलुङ
बागलुङको निसीखोला गाउँपालिका भित्र देखिएका वेतिथिका विरुद्धमा नेकपा एमाले निसीखोला गाउँकमिटिले ध्यानाकर्षण गराएको छ । गाउँपालिकामा खटिई आएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा गाउँपालिका सञ्चालन गर्ने उद्देश्य प्रष्ट पार्न एमालेले गाउँकार्यपालिकालार्ई आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाइएको थियो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर चन्दलाई बुझाइएको ध्यानाकर्षणपत्रमा चालु आर्थिक वर्षका लागि स्वीकृत भई रातो कितावमा प्रकाशित भएका योजना कार्यान्वयनमा चासो नदिएको, संघीय सरकारबाट खटिएका प्रमुख प्रशासकीय अधिकृतलाई धम्कीदिई हाजिर हुन नदिएको, गाउँपालिकाको शिक्षा कार्यविधि उल्लघंन गरी जनप्रतिनिधि समेत विद्याल यव्यवस्थापन समितिमा रहेको, दरबन्दी मिलानका क्रममा गाउँपालिकामा थपिएका शिक्षकहरुको मिलान अहिलेसम्म नगरेको जनाइएको छ ।

यस्तै सार्वजनिक महत्वका निर्णयहरु गर्नुपूर्व सरोकारालासँग छलफल गर्न, पालिकाले लिएको स्वास्थ्य बिमा कार्यक्रम तत्काल लागू गर्न, पालिकाले दिने सेवाहरुको स्पष्ट नागरिक बडापत्र तयार गरी जनतालाई सुसुचितगर्न समेत आग्रह गरेको छ ।

नेकपा (एमाले) निसीखोलागाउँ कमिटिका अध्यक्ष भूमिराज घर्तीले गाउँपालिकाभित्र देखिएका बेतिथि अन्त्यका लागि ध्यानाकर्षणपत्र बुझाएको जानकारी दिनुभयो । ‘पालिका भित्रथुप्रै वेतिथि देखिएका छन्, जनप्रतिनिधि आएको छोटो अवधीमै संघीय सरकारबाट खटाइएका दुई जना प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फिर्ता पठाउँनु र निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा गाउँपालिका चलाउँनुको उद्देश्य जान्न आम जनता चाहेका छन् ।’ घर्तीले भन्नुभयो ।

नेकपा (एमाले) बागलुङका जिल्ला सदस्य मिलन हमालले गाउँपालिकाले स्थानीय सरकारको स्वामित्व ग्रहण गर्न नसकेको बताउनुभयो । स्थानीय तहको निर्वाचनपछि जुन उत्साहका साथ कामहरु हुनुपर्ने थियो, त्यो हुन सकेको छैन, त्यसैले हामले सचेत गराएकाहौं ।’ हमालले भन्नुभयो ।

यो पनि पढ्नुहोस्