यौन दुर्व्यवहार मुद्दामा साढे तीन वर्ष कैद फैसला


आदर्श अनलाइन, बागलुङ

२७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गर्दै बलात्कारको प्रयास गरेको कसुरमा जिल्ला अदालत बागलुङले बागलुङ नगरपालिका–२ का ४९ वर्षीय रमाकान्त सापकोटालाई ३ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको २०७९ असोज ५ गतेको इजालासले सजाय निर्धारण गरेको श्रेष्तेदार सुर्यप्रसाद भण्डारीले बताउनुभयो । कैद सजायसँगै पीडकले पीडितलाई रु. ५० हजार क्षतीपुर्ती दिनुपर्ने छ ।

पीडित महिलालाई उपचार गर्ने बहानामा ०७९ चैत १४ गते आफ्नै स्वास्थ्य संस्थामा बलात्कार प्रयाश गरेको भन्दै महिलाले चैत १५ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएकी थिइन् ।

महिलाको चैत १५ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *