राष्ट्रपतिको कदमको दीप प्रज्वलन गरी स्वागत

आदर्श अनलाइन, बागलुङ

विवादस्पद नागरिकता विधेयकप्रति चालेको कमदप्रति नेकपा एमाले बागलुङका भातृ संगठनहरुले राष्ट्रपति विद्यादेवि भण्डारीलाई धन्यवाद ज्ञापन गरेका छन् । उनिहरुले बागलुङ बजारको बाघचोकमा दीप प्रज्वलन गरी राष्ट्रपतिलाई धन्यवाद दिएका हुन् ।

अखिल नेपाल महिला संघ बागलुङ, अनेरास्ववियु तथा युवासंघहरुको संयुक्त आयोजनामा दिप प्रज्वलन गरी धन्यवाद ज्ञापन गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य मन कुमारी केसीले नागरिकता विधेयमा राष्ट्रपतिले चालेको कदम स्वागत योग्य भएको र केही पार्टीका साथीहरु बाहेक सबैले यसको सर्मथन गरेको बताउनुभयो ।

कार्यक्रममा अनेमसंघ बागलुङका अध्यक्ष लक्ष्मी बोहोरा तथा अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य शेखर खड्काको मन्तव्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्य शिव शर्माको सन्चालन, युवा संघ बागलुङका इन्चार्ज रेशम घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *