राष्ट्रिय सहकारी महासंघ अध्यक्षमा कंडेल र वरिष्ठ उपाध्यक्षमा मल्ल निर्विरोध

आदर्श अनलाइन, ललितपुर

राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा मिनराज कंडेल र वरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

यस्तै प्रदेश सञ्चालकतर्फ कर्णाली प्रदेशबाट टिका बुढाथोकी सर्वसम्मत निर्वाचित हुनु भएको छ । निर्वाचित समितिले दिएको जानकारी अनुसार उपाध्यक्षमा ३ जनाको उमेदवारी परेको छ । रमेशप्रसाद पोखरेल, डिल्लीराम तिवारी र दक्ष पौडेलले उपाध्यक्षमा उमेदवारी दिनुभएको छ । लेखा समितिको संयोजकमा धर्मदत्त देवकोटा र रविन्द्र केसीले उमेदवारी दिनु भएको छ ।

२२ सदस्यीय सञ्चालक समिति मध्ये ३ जना निर्विरोध भए पनि अन्य पदमा ६ दर्जनको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस समर्थक सहकारीकर्मीहरुबीचको सहकार्यमा भएको प्यानल भन्दा बढी उमेदवार परेपछि उमेदवारी दिएकाहरुलाई नाम फिर्ता लिन दुवै दलले दवाव दिन थालेका छन् ।

दुई पार्टीको भागवण्डा अनुसार नेकपा समर्थितहरुलाई अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र लेखा समितिको संयोजक तथा एक जना सदस्य सहित १७ जना सञ्चालक, नेपाली कांग्रेस समर्थकलाई उपाध्यक्ष, ५ सञ्चालक र एक लेखा समिति सदस्य भागवण्डा गरेका छन् । नेकपालाई गरिएको भागवण्डामा पनि पूर्व नेकपा एमाले समर्थितलाई अध्यक्ष र उपाध्यक्ष तथा ९ सञ्चालक र एक लेखा सदस्य, पूर्व नेकपा माओवादी समर्थकलाई लेखा समितिको संयोजक, एक लेखा सदस्य र ५ सञ्चालक भागवण्डा गरेका छन् ।
सहकारी महासंघको सञ्चालकमा गण्डकी प्रदेशबाट हुमाकुमारी जि.सी (अञ्जु)ले उम्मेदवारी दिनुभएको छ । जिसी आदर्श सञ्चार सहकारी संस्था बागलुङ अध्यक्ष हुनुुहुन्छ ।

नेकपा र नेपाली कांग्रेसका नेता तथा सहकारीकर्मीहरु यतिबेला आधिकारीक उमेदवारहरुलाई सघाउन र उमेदवारी फिर्ता लिनका लागि अन्य उमेदवारहरुलाई सम्झाउने, दवाव दिने काम गर्न थालेका छन् । भोली बिहान ९ बजेसम्म उमेदवारी फिर्ताको समय रहेको निर्वाचन समितिका संयोजक रामचन्द्र सिंखडाले जनाउनु भएको छ ।

महासंघमा नेकपा र नेपाली कांग्रेसका तर्फबाट आधिकारिक साझा उमेदवारहरु नामावली यस प्रकार रहेको छ ।

क्र.स पद नाम
१ अध्यक्ष मिनराज कंडेल
२. वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल
३. उपाध्यक्ष डिल्लीराम तिवारी
४. सञ्चालक प्रदेश नं. १ गणेश ढकाल
५. सञ्चालक प्रदेश नं. २ रामबाबु यादव
६. सञ्चालक प्रदेश नं. ३ डि.बी. बस्नेत
७. सञ्चालक गण्डकी प्रदेश हुमाकुमारी जि.सी (अञ्जु)
८. सञ्चालक प्रदेश नंं ५ रामकृष्ण खाँड
९. कर्णाली प्रदेश टिका बुढाथोकी
१०. सुदुरपश्चिम प्रदेश तारा लामा तामाङ
११. सञ्चालक केन्द्रीय संघ÷बैंकका तर्फबाट के.बी.उप्रेती
१२. सञ्चालक केन्द्रीय संघ÷बैंकका तर्फबाट नारायण देवकोटा
१३. सञ्चालक केन्द्रीय संघ÷बैंकका तर्फबाट सागर ढकाल
१४. सञ्चालक महिला अमृता सुब्बा
१५. सञ्चालक महिला पदमा गुरुङ
१६. सञ्चालक खुल्ला खेम बहादुर पाठक
१७. सञ्चालक खुल्ला भीम तामाङ
१८. सञ्चालक खुल्ला टेकप्रसाद चौलागाई
१९. सञ्चालक खुल्ला राजेन्द्र पौडेल
२०. सञ्चालक खुल्ला लक्ष्मण यादव
२१. सञ्चालक खुल्ला शिव डांगी
२२. सञ्चालक खुल्ला लक्ष्मी प्रसाद शर्मा
लेखा सुपरीवेक्षण समिति

क्र.स पद नाम
१ संयोजक धर्मदत्त देवकोटा
२. सदस्य सोमबहादुर श्रेष्ठ
३. सदस्य बालकुमारी श्रेष्ठ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *