मालढुङ्गामा बस र माइक्रोबस ठोक्किदा सात जना घाइते

आदर्श अनलाइन, बागलुङ
बागलुङमा बस र माइक्रोबस एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर १ मालढुङ्गामा बागलुङदेखि बजारदेखि पोखरा जाँदै गरेको ग १ ख ९२७३ नम्बरको बस र पोखरा तर्फदेखि आएको बा ४ ख ७९४ नम्बरको माइक्रोसब ठोक्किँदा काठेखोला गाउँपालिका–८ का ३९ वर्षी गंगाबहादुर कामीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो ।

घाइते हुनेमा जिल्लाको काठेखोला गाउँपालिका–२ भिमपोखराका १९ वर्षीय सागर पौडेल, बागलुङ नगरपालिका–८ सिगानाका ५३ वर्षीय राजेन्द्र खड्का, सोही गाउँकी २० वर्षीया गौरी खड्का, काठेखोला गाउँपालिका–२ का २४ वर्षीया तारा पौडेल, सोही ठाउँकी २५ वर्षीया आरती गौतम र बागलुङ नगरपालिका–११ की १९ वर्षीय सुजता शाक्य रहनु भएको छ ।

घाइते सबैको हात, खुट्ट लगायत शरीरको विभिन्न अंगमा चाट लागेको गिरीको भनाई छ । घाइते सबैलाई धौलागिरी अस्पताल बागलुङमा ल्याइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *